कला/साहित्य

‘रातो सारी’ लिएर आइन् तारा देवी

गीतकार तथा गायिका तारा देवी सुनुवार आफ्नो नयाँ तीज गीत ‘रातो सारी’ मार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । गीतकार सुनुवारले नजिकिँदै गरेको नारीहरुको महान पर्व तीजलाई लक्षित गरेर यो गीत तयार पारेकी हुन् ।

आज भोलि समाजमा बढ्दै गएको विकृति, पारिवारिक विखण्डन, अस्वस्थ खानपान तथा गाउँघरप्रति बढ्दै गएको वितृष्णाजस्ता विषयलाई चिरेर घर, परिवार आफन्त र समाजलाई एकताको सुत्रमा बाँध्ने सन्देश मुलक तीज गीत तयार पारिएको हो ।

सुनुवारको शब्दमा तयार भएको यो गीतमा कल्पना सुनुवार र गीतकार सुनुवारकै स्वर सुन्न सकिन्छ । योगेश काजी शाहको संगीत निर्देशन तथा संगीत संयोजन रहेको गीतको भिडियोमा ममता मगरले अभिनय तथा नृत्य गरेकी छिन् ।

पछिल्लो समय तीज पर्व निकै भड्किलो हुँदै गएको बेलामा पारिवारिक एकता, मौलिक तथा सन्देश मुलक तीज गीत तयार पारिएको सर्जक सुनुवारको भनाइ छ ।

तीज पर्व आराध्यदेव भगवान शिवसँग जोडिएको पर्व भएको हुँदा सर्जक तारादेवी सुनुवारको रातो सारी बोलको गीत परिवारका ९० वर्षीया जेष्ठ सदस्य यशोदा पौडेलले तारा सनुवार अफिसियल युट्यूब च्यानलबाट सोमवार सार्वजनिक गरेकी हुन् ।

सुरेश श्रेष्ठद्वारा छायांकान गरिएको भिडियोमा माधव श्रेष्ठको कोरियोग्राफी तथा नविन घर्तिमगरको सम्पादन गरेको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button