No Image Headlineअर्थदेश

रुङ्गटा ग्रुपद्वारा दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख सहयोग

बाढीपहिरोबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रुङ्गटा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

रुङ्गटा ग्रुपका अध्यक्ष तथा उद्योगपति मुरलीधर रुङ्गटा र सञ्चालक टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

ग्रुपका सञ्चालक सुरेश कुमार रुङ्गटाका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बारा, पर्सालगायत देशका विभिन्न स्थानमा सञ्चालित ग्रुपका उद्योग तथा प्रतिष्ठानबाट रकम संकलन गरी कोषमा जम्मा गरिएको हो।

सहयोग रकममध्ये ओसीबी फुड्स एण्ड फिड्सले ७५ लाख, ओम चाओ बिरो फिड एण्ड इन्डस्ट्रिजले ५० लाख तथा चाओ बिरो पेलेट फिड इन्डस्ट्रिजले २५ लाख रुपैयाँ प्रदान गरेका छन्। बाँकी रकम ग्रुपअन्तर्गतका अन्य उद्योग तथा प्रतिष्ठानबाट संकलन गरिएको हो।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोका कारण ठूलो जनधनको क्षति व्यहोरेका नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको सञ्चालक रुङ्गटाले बताए।

उनका अनुसार विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग पुर्‍याउनु ग्रुपको सामाजिक उत्तरदायित्वअन्तर्गतको प्रमुख उद्देश्य रहेको छ। सोही उद्देश्यअनुसार विपद्का समयमा पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सहयोग गरिएको उनले बताए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button