कला/साहित्य

‘हरिबहादुरको जुत्ता’ले हरिवंशलाई मानसिक प्रेसर !

यो दशैँमा भने फिल्म ‘हरिबहादुरको जुत्ता’ले हास्यकलाकार हरिवंश आचार्यलाई मानसिक प्रेसर थपेको उनले उनले बताएका छन् ।

उनले सुनाए, ‘यो फिल्म बनाएर प्रदर्शन गर्दा चिन्ता लिन्नँ भने पनि लाग्ने रहेछ । अहिले राति निद्राले छोड्यो भने पनि दर्शकले फिल्म मन पराउने हुन् कि होइनन् भन्ने चिन्ता लाग्ने रहेछ ।’

हरिवंशको लेखन र अभिनय रहेको फिल्म ‘हरिबहादुर’ फूलपातीबाट प्रदर्शनमा आइसकेको छ । उनले आफूले निर्वाह गरेको आइकोनिक क्यारेक्टर ‘हरिबहादुर’ शीर्ष भूमिकामा राखेर ‘हरिबहादुरको जुत्ता’ फिल्म बनाएका हुन् ।

उनी भन्छन्, ‘फिल्मको व्यापारभन्दा पनि नाम जोडिएको छ । चर्चित पात्रबारे फिल्म बनाएर जोखिम लिएको छु । केही चिन्ता त हुने भइहाल्यो ।’

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button