कला/साहित्य

‘के घर के डेरा : घर नम्बर २’ तेस्रो सातामा प्रवेश, दर्शकको समीक्षाबाट उत्साहित निर्माण पक्ष

मल्टिस्टारर नेपाली फिल्म ‘के घर के डेरा : घर नम्बर २’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। गत शुक्रबारबाट तेस्रो सातामा लागिसकेको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ भने अकुपेन्सी भने औसत देखिएको छ।

साहित्यकार बुद्धिसागरको कथामा आधारित फिल्मलाई निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। फिल्ममा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी र उपासना सिंह ठकुरी शीर्ष भूमिकामा छन्। साथै प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।

फिल्म शहरी जनजीवन र मानवीय सम्बन्धहरूको कथा बोकेको छ। फिल्मले राम्रो ‘वर्ड अफ माउथ’ (मौखिक प्रचार) पाएको निर्देशक खनालको भनाइ छ। उनले भने, “जतिले फिल्म हेर्नुभएको छ, राम्रो प्रतिक्रिया दिनुभएको छ। उहाँहरुको प्रतिक्रियाले हलमा दर्शकको संख्या बढ्नेमा विश्वास लिएको छु।”

फिल्म सुरुवातमै रिलिज भएको ‘ऊनको स्वीटर’ को प्रभावमा परेको थियो। अहिले ‘ऊनको स्वीटर’ को अकुपेन्सीमा गिरावट आएसँगै ‘घर नम्बर २’ ले दर्शक तान्ने मौका पाएको वितरक करण श्रेष्ठले जानकारी दिए। उनका अनुसार फिल्मको शो संख्या पनि विस्तार भइरहेका छन्।

‘के घर के डेरा : घर नम्बर २’ एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको संयुक्त ब्यानरमा निर्माण गरिएको हो।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button