कला/साहित्य

दयाहाङ र रिश्माको ‘रिमै’ भदौ २७ गतेदेखि प्रदर्शनमा आउने

लोकप्रिय ‘कबड्डी’ फिल्म सिरिजको जोडी दयाहाङ राई र रिश्मा गुरुङको नयाँ फिल्म ‘रिमै’ भदौ २७ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।

खिलबहादुर गुरुङको निर्देशनमा बनेको फिल्मको तीनवटा पोस्टर सोमबार सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरिएको हो।

फिल्मका पोस्टरहरूमा मुख्य कलाकारहरूलाई प्रस्तुत गरिएको छ। एक पोस्टरमा दयाहाङ र रिश्मालाई प्रेमिल भावमा देखाइएको छ, जसले फिल्ममा उनीहरूबीच प्रेम सम्बन्ध रहेको संकेत गर्छ।

अर्को पोस्टरमा उनीहरूका साथमा अभिनेत्री गौमाया गुरुङ पनि देखिएकी छन्। तेस्रो पोस्टरमा फिल्मका सबै मुख्य पात्र समेटिएको छ, जसको केन्द्रमा दयाहाङ राई रहेका छन्।

अमेरिकामा बसोबास गर्दै आएकी रिश्मा गुरुङले लामो समयपछि नेपाली सिनेमामा फर्किएकी हुन्। उनी सन् २०७७ मा फिल्म ‘क्रसरोड’को छायाङ्कनमा सहभागी भए पनि उक्त फिल्म हालसम्म प्रदर्शनमा आइसकेको छैन।

फिल्म ‘रिमै’को कथा उपेन्द्र सुब्बाले लेखेका हुन् भने निर्माण टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घलेले गरेका हुन्। यस जोडीलाई पुनः ठूलो पर्दामा देख्न पाइने भएपछि दर्शकमा उत्साह बढेको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button