No Image Headlineदेशस्वास्थ्य/जिवनशैली

प्रभु हस्पिटलको ‘घरदैलोमा डाक्टर’ कार्यक्रम, निश्शुल्क स्वास्थ्य शिविर

बारा जिल्लाको कोल्हवी नगरपालिका–८ नयाँ बस्तीमा प्रभु हस्पिटलको ‘घरदैलोमा डाक्टर’ कार्यक्रम अन्तर्गत निश्शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।शिविरमा वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा शाश्वत साहले हाडजोर्नीसम्बन्धी परीक्षण तथा नितम्ब र घुँडा जोर्नी प्रत्यारोपणसम्बन्धी परामर्श दिएका थिए । साथै, सेवाग्राहीहरूको निश्शुल्क मधुमेह परीक्षण गरी औषधि वितरण गरिएको थियो ।

त्यसैगरी, वीरगंज सामुदायिक आँखा अस्पतालको संयुक्त सहकार्यमा स्वास्थ्य संयोजक महेश सिंह धामीद्वारा निश्शुल्क आँखा परीक्षण तथा औषधि वितरण गरिएको थियो ।

शिविरमा महिला, पुरुष, वृद्धवृद्धा, बालबालिका, अशक्त तथा असहाय गरी करीब २०० जनाको स्वास्थ्य परीक्षण गरिएको आयोजकले जनाएको छ ।कार्यक्रम प्रमुख दिलीपराज कार्कीका अनुसार अस्पतालसम्म पुग्न समय, पहुँच वा सुविधा नहुने नागरिकलाई घरदैलोमैं स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button