No Image Headlineअर्थ

इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर अब वीरगञ्जमा, ग्राहकहरूले एथरका स्कुटर अवलोकन, परीक्षण गर्नसक्ने

इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर नेपालले वीरगञ्जमा नयाँ एथर एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ । आदर्शनगरस्थित उक्त केन्द्र गेटवे मोटर्स प्रालिले सञ्चालनमा ल्याएको हो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, पूर्वअध्यक्ष अनिल पटवारी, नेपाल उद्योग वाणिज्य महासंध मधेश प्रदेशका पूर्वअध्यक्ष गणेश लाठ र उद्यमी आनन्द अग्रवालले सेन्टरको संयुक्त उद्घाटन गरे ।
कम्पनीका अध्यक्ष अनुप अग्रवालका अनुसार नयाँ एक्सपिरियन्स सेन्टर सञ्चालनसँगै मधेश प्रदेशका ग्राहकहरूले एथरका आधुनिक तथा प्रविधिमैत्री इलेक्ट्रिक स्कुटरहरू अवलोकन, परीक्षण तथा खरिद गर्न सक्ने छन् ।
एथर नेपालको एक्सपिरियन्स सेन्टरहरूको संख्या १२ पुगेको छ । हाल काठमाडौं उपत्यकाका पाँच केन्द्रसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोडमा पनि सञ्चालनमा छन् ।
ग्राहकलाई बिक्रीपछिको उत्कृष्ट सेवा उपलब्ध गराउने उद्देश्यले कम्पनीले देशभर १० भन्दा बढी अधिकृत सर्भिस सेन्टर विस्तार गरिसकेको जनाएको छ । एथरले ८ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी सुविधा पनि उपलब्ध गराउँदै आएको बताएको छ ।
कम्पनीका अनुसार ग्राहकहरूले नयाँ केन्द्रमा स्कुटरहरूको प्रत्यक्ष अवलोकन, टेस्ट राइड र फाइनान्सिङ र एक्सचेन्ज योजनाबारे जानकारी लिन सक्ने बताएका छन्।
विद्युतीय सवारीसाधनको पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै एथर नेपालले आफ्नो फास्ट चार्जिकङ नेटवर्क पनि विस्तार गरिरहेको जनाएको छ । हाल देशका विभिन्न प्रमुख सहर तथा राजमार्गहरूमा ४० भन्दा बढी चार्जिङ प्वाइन्ट सञ्चालनमा रहेका छन् ।
नयाँ केन्द्र उद्घाटनको अवसरमा एथर नेपालले यही असार १२ सम्मका अफरहरू समेत सार्वजनिक गरेको छ । यसअन्तर्गत विस्तारित ब्याट्री वारेन्टी, शून्य प्रतिशतसम्म ब्याजदरमा फाइनान्सिङ सुविधा तथा एक्सचेन्ज गर्दा ८ हजार रुपैयाँसम्म अतिरिक्त मूल्याङ्कन लाभ उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नेपालमा स्वच्छ तथा दिगो यातायातको प्रवद्र्धन गर्ने लक्ष्यसहित एथर नेपालले नवीन प्रविधि, सशक्त पूर्वाधार र ग्राहक–केन्द्रित सेवामार्फत विद्युतीय गतिशीलताको विस्तारमा योगदान पु¥याइरहेको जनाएको छ ।
वैद्य इनर्जी प्रालि नेपालका लागि एथर इनर्जीको आधिकारिक तथा वितरक हो । कम्पनीले स्वच्छ, दिगो तथा भविष्यमुखी यातायात प्रणाली निर्माण गर्ने उद्देश्यका साथ विद्युतीय सवारी समाधान प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button