कला/साहित्य

नीति शाह र यचित राणाको कोर्ट म्यारिज

मोडल तथा नायिका नीति शाहले एरोस्पेस इन्जिनियर यचित राणासँग विवाह गरेकी छन्। उनीहरूले शुक्रबार जिल्ला अदालत काठमाडौंमा कानुनी रुपमा विवाह (कोर्ट म्यारिज) गरेका हुन्।

दुई वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा रहेका नीति र यचितको सम्बन्ध गत वर्ष वैशाखमा सार्वजनिक भएको थियो। सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार, विवाहको कानुनी प्रक्रिया पूरा भएपछि आजै उनीहरूलाई अदालतले कोर्ट म्यारिजको प्रमाणपत्र प्रदान गरेको छ।

नीति शाहले विवाहबारे सार्वजनिक रूपमा कुनै जानकारी दिएको छैन। विवाहबारे प्रतिक्रिया माग्दा उनले बोल्न इन्कार गरेकी थिइन्।

नीति शाह ‘मिस नेपाल इन्टरनेशनल २०१७’ की विजेता हुन्। उनले ‘खजुरे ब्रो’ फिल्ममार्फत नेपाली सिनेमा क्षेत्रमा डेब्यु गरेकी थिइन्। उनी अभिनीत नयाँ फिल्म ‘नरसिंहा : अवतार’ आगामी जेठ ९ गते प्रदर्शनमा आउने तयारीमा छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button