कला/साहित्य

अस्ट्रेलियामा ‘आनन्द कार्की सुमधुर साँझ’

अस्ट्रेलियामा ‘आनन्द कार्की सुमधुर साँझ’ हुने भएको छ । चैत २८ गते पाल्पा इन्टरटेन्मेन्टको प्रस्तुतिमा हुने कार्यक्रम बार्दली फङ्सन सेन्टर, मेरील्यान्डमा हुनेछ ।

साँझ साढे ६ बजेबाट सुरु हुने सांगीतिक साँझमा आनन्द कार्कीले आफ्ना चर्चित सुमधुर गीतहरू गाउनेछन् । आधुनिक तथा नेपाली सिनेमामा पार्श्व गायनका लागि परिचित कार्कीका ‘जनम जनम जिउँला सँगै’, ‘यी हल्लाहरू हुन् तिमीले सुनेका’, ‘लाग्छ मन हेरिरहुँ’, ‘सुन सुन मायालु जोडी हो’, ‘भरे आउँछु सपनीमा’ जस्ता गीत लोकप्रिय  छन् ।

उक्त कार्यक्रममा गायिका प्रीति घिमिरेले समेत आफ्नो प्रस्तुति दिनेछिन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button