कला/साहित्य

नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव तेस्रो संस्करणमा १२ देशका १७ नाटक मञ्चन

नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणमा १२ देशका १७ नाटक मञ्चन गरिने भएको छ। मण्डला थिएटरद्वारा आयोजना गरिने महोत्सव चैत ६ देखि १२ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवका संयोजक केदार श्रेष्ठका अनुसार विभिन्न देशबाट प्राप्त ११५ नाटकहरूमध्ये १० विदेशी र २ नेपाली गरी १२ नाटक छनोट गरिएको छ। साथै, मण्डला थिएटरबाट एक, तीन सहरका स्थानीय आयोजकका तीन तथा चौतारी नाटक एक गरी जम्मा १७ नाटक मञ्चन गरिनेछ।

श्रेष्ठका अनुसार नेपालबाट ‘झोडा’ र ‘सामा चाको सामा चाको अहिवा हे’, जापान र नेपालको संयुक्त प्रस्तुति ‘कन्दाता एन्ड शकुन्तला’, भारतको ‘एबओर्जिनल क्राइ’ र ‘तमासा’, चीनको ‘मोचौ मोचौ’, ट्युनिसियाको ‘एसेच’, इरानको ‘एन्टिगोन’, लिथुआनिया र स्पेनको ‘अराइभ्ड’, चीनकै ‘चार्मिङ जिन्जु ओपेरा एपिसोड्स’ लगायतका नाटक महोत्सवका लागि छनोट भएका छन्।

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ नारासहित आयोजना गरिने महोत्सव काठमाडौंस्थित मण्डला थिएटरसँगै पोखरा, भरतपुर र बेलबारीमा पनि सञ्चालन हुनेछ। महोत्सवमा एक सयभन्दा बढी विदेशी कलाकारहरूको सहभागिता रहनेछ। साथै, स्कटल्यान्ड, चीन र जर्मनीका कलाकारद्वारा तीन फरक कार्यशालासहित कला प्रदर्शनी, सङ्गीत तथा नृत्य प्रदर्शनी समेत आयोजना गरिने संयोजक श्रेष्ठले जानकारी दिए।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button