कला/साहित्य

गायक रुद्रसेनले ल्याए भोजपुरी धमाकेदार गीत (भिडियो)

नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाइसकेका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको भोजपुरी गीत ‘दे दन प्यार गोरी’ को भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको जोडीले दर्शकको मन लोभ्याउने प्रस्तुति दिएका छन् ।

गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको स्वर सुन्न सकिन्छ । गीतका शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन् भने भिडियोको नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् । छायांकन ज्ञानेन्द्र शर्मा र उनको टिमले काठमाडौंमा सम्पन्न गरेका हुन् ।

गीतको निर्माण निर कुमारी विश्वकर्मा ‘सविना’ले गरेकी हुन् । एरेन्जिङ, मिक्सिङ र मास्टरिङ प्रमोद (भारत)ले गरेका छन् । कोरसमा शशि झा र उनका साथीहरूको सहभागिता छ ।

रुद्रसेन क्रिएसन प्रा.लि.को प्रस्तुतिमा तयार भएको यो गीत ‘दिलवाली’ नामक एल्बममा समावेश गरिएको छ । विशेष गरी भ्यालेन्टाइन्स डेको अवसरमा सार्वजनिक गरिएको गीतले प्रेमिल मनहरूमा विशेष प्रभाव पार्ने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button