यस्तो पनिस्वास्थ्य/जिवनशैली

रेड वाइन पिउँदा टाउको दुख्छ ? थाहा पाइराख्नुस् यस्तो छ कारण

संयुक्त राज्य अमेरिकाका अनुसन्धानकर्ताहरूले कतिपय मानिसलाई सानो गिलास रेड वाइन पिउँदा पनि टाउको दुख्ने समस्या हुनुको कारण पत्ता लगाएको दाबी गरेका छन्।

क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार, राता अङ्गुरमा पाइने “क्वेर्सटिन” नामक एक प्रकारको एन्टिअक्सिडन्ट रेड वाइनले शरीरमा पच्ने प्रक्रियामा अवरोध पुर्‍याउँछ। यो तत्व सूर्यको प्रकाश परेपछि राता अङ्गुरमा झन् बढी उत्पादन हुन्छ।

अनुसन्धानका अनुसार, उच्च गुणस्तरका रेड वाइनमा यो तत्त्वको मात्रा बढी हुने भएकाले त्यस्ता वाइन टाउको दुख्ने समस्या निम्त्याउने सम्भावना झन् धेरै हुन्छ। अनुसन्धान टोलीका प्राध्यापक एन्ड्र्यू वाटरहाउसले भने, “महँगा वाइन उत्पादन गर्न अङ्गुरलाई बढी घाममा राखिन्छ, जसले क्वेर्सटिनको स्तर उच्च बनाउँछ।”

सल्फाइट र हिस्टामिनको भूमिका
टाउको दुखाइको अर्को सम्भावित कारण वाइनमा हुने सल्फाइट र हिस्टामिन पनि हुन सक्छ। सल्फाइट वाइनलाई टिकाउन प्रयोग गरिन्छ भने हिस्टामिन रक्तनली फराकिलो बनाउन सक्छ। तर यी दुवै तत्त्वले टाउको दुखाइ निम्त्याउने ठोस प्रमाण फेला परेको छैन।

एशियालीहरूले बढी समस्या भोग्ने?
अनुसन्धानले पूर्वी एशियामा हरेक तीनजनामध्ये एकजनाले मदिरा पचाउन नसक्ने देखाएको छ। मदिरा पिउँदा अनुहार रातो हुनु, टाउको दुख्नु र वान्ता हुने समस्या प्रायः “एएलडीएच२” नामक इन्जाइमको अभावका कारण देखिन्छ।

अल्कोहल र क्वेर्सटिनको संयोजन समस्याको स्रोत?
अनुसन्धानले देखाएको छ कि क्वेर्सटिन तब मात्र समस्याकारी बन्छ, जब यो अल्कोहलसँग मिसिन्छ। अन्य फलफूल र तरकारीमा पनि क्वेर्सटिन पाइन्छ, तर त्यसले सामान्य अवस्थामा टाउको दुखाउँदैन।

अध्ययन आवश्यक
अनुसन्धानकर्ताहरूले रेड वाइनले टाउको दुख्ने समस्या हुने स्वयंसेवकहरूलाई भोड्का र क्वेर्सटिनको संयोजन वा डमी पिल्स दिएर जाँच गर्नुपर्ने बताएका छन्। क्यालिफोर्निया विश्वविद्यालयका स्नायुविज्ञ तथा अध्ययनका सहलेखक प्राध्यापक मोरिस लेभिनका अनुसार, “हामी हजारौँ वर्ष पुरानो रहस्य उजागर गर्ने दिशामा छौँ।”

स्वास्थ्य जोखिम र चेतावनी
प्राध्यापक रोजर कोर्डरले भने, “रेड वाइनसँग सम्बन्धित सिद्धान्त प्रमाणित गर्न अझै अध्ययन आवश्यक छ।” मदिरा धेरै पिउँदा कलेजो, मुटु, पक्षाघात तथा क्यान्सरजस्ता दीर्घकालीन समस्या हुन सक्ने चेतावनी दिइएको छ। अनुसन्धानले केही महिनाभित्र थप प्रगति गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button