कला/साहित्य

फिल्म ‘फनफनी घुमेर’मा मुख्य कलाकारमा दीपकराज गिरी फाइनल

निर्माता सरोज न्यौपानेको निर्माणमा तयार हुन लागेको फिल्म ‘फनफनी घुमेर’मा मुख्य कलाकार फाइनल गरिएको छ।  यो फिल्ममा कलाकार दीपकराज गिरीले काम गर्ने पक्का भएको हो । आज फिल्मको निर्माणपक्ष र दीपकराजविच कागजी संझौता भएको हो।

आमा सरस्वती मुभिजको व्यानरमा निरन्तर काम गरिरहेका दीपकले बाहिरी व्यानरमा काम गर्न लागेका हुन् ।  यो फिल्मका अन्य कलाकार र निर्देशक भने फाइनल भएका छैनन् । मेरो फिल्मसँग कुरा गर्दै दीपकले भने–‘फिल्मको कथावस्तु निकै राम्रो छ । यसैले, म काम गर्न उत्साहित भएको हुँ । ‘छक्का पन्जा ६’ निर्माण नभइन्जेलसम्म म बाहिरी ब्यानरका फिल्ममा काम गर्छु । फनफनी घुमेर यसको सुरुवात हो ।’

निर्माता सरोज न्यौपानेले पनि दीपकलाई फिल्ममा अनुबन्धित गरिएको पुष्टि गरे । फिल्मको प्रदर्शन मिति आउँदो बर्षको तिहारमा फाइनल गरिएको छ । फिल्मका अन्य कलाकारहरू चाँडै नै फाइनल गरिने निर्माणपक्षले बताएको छ ।

‘६ एकान ६ देखि छक्का पन्जा ५’सम्म आइपुग्दा दीपकले बाहिरी ब्यानरका फिल्ममा काम गरेका छैनन् । अब भने उनी ‘छक्का पन्जा ६’ अगाडि बाहिरी ब्यानरका फिल्ममा काम गर्ने सोचमा अगाडि बढेका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button