एउटा स्मार्ट फोनमा केके हुनु पर्दछ, के हो स्मार्टफोनरहित बाल्यकाल अभियान ?
अनुसन्धान संस्था सीसीएस इन्साइटका मोबाइल फोन विशेषज्ञ बेन वुडको विचारमा एआई सुविधाहरूले डिजिटल जीवनलाई सहज बनाउने लक्ष्य राखे पनि ती सुविधाहरू सबैको चाहनाको सूचीको अग्रस्थानमा छन् भन्ने छैन।
मेरो विचारमा आजकल सबैजसो मानिसहरूलाई फोनमा के चाहिन्छ भन्ने थाहा छ, सबैभन्दा महत्त्वपूर्ण चीजमध्ये एउटा क्यामरा हो, उनी भन्छन्।
स्मार्टफोन डिजाइनरहरूलाई पनि यो कुरा थाहा छ। त्यसैले प्रत्येक फोनका नयाँ संस्करणका प्राय क्यामरामा अघिल्लोको तुलनामा सुधार गरिएको हुन्छ। तर अब यसले पनि फोनको बिक्री बढ्छ भन्ने सुनिश्चित गर्दैन।
निश्चित रूपमा भइरहेको कुराचाहिँ मानिसहरूले आफ्नो फोनलाई लामो समयका निम्ति प्रयोग गरिरहेका छन्। सन् २०१३ मा वार्षिक तीन करोड थान फोन बिक्री हुन्थ्यो, वुड थप्छन्, यो वर्ष लगभग एक करोड पैँतीस लाख थान फोन बिक्री हुनेछ।ू
महँगीको असरले मानिसहरूको खर्चसम्बन्धी निर्णयहरूलाई प्रभावित पारिराखेको छ। प्रत्येक स्मार्टफोनमा त्यसको वातावरणीय मूल्य पनि अङ्कित गरिएको मानिन्छ किनकि त्यसमा दुर्लभ सामग्री र मूल्यवान् धातुहरू प्रयोग गरिएका हुन्छन्।
साथसाथै विशेष गरी आमाबुवा र युवाहरूमाझ स्मार्टफोनबाट पूर्ण रुपमा अलग्गिने प्रवृत्ति पनि बढ्दो छ। यूकेका थुप्रै विद्यालयहरूले आफ्नो स्मार्टफोनसम्बन्धी नीतिबारे पुनर्विचार गरिराखेका छन् भने केही अगावै यसमाथि रोक लगाइसकेका छन्। इटनका सार्वजनिक विद्यालयहरूमा विद्यार्थीहरूलाई यसपालादेखि कहिलेकाहीँ डम्ब अर्थात् मूर्ख फोनका नामले समेत चिनिने फिचर फोन दिइयो भने मैले अन्य निजी तथा सार्वजनिक विद्यालयले पनि त्यसै गर्न लागेको सुनेको छु।
ईई नामको मोबाइल नेटवर्क कम्पनीले एघार वर्षमुनिका केटाकेटीसँग स्मार्टफोन हुन नहुने सुझाएको छ। नोभा ईस्टले स्मार्टफोनरहित बाल्यकाल अभियानको उत्तर र पश्चिम लन्डन शाखाको नेतृत्व गर्छिन्। उक्त अभियानले अभिभावक र विद्यालयहरूलाई बालबालिकालाई स्मार्टफोन दिने उमेरमा ढिलाइ गर्न अनुरोध गर्ने गर्छ।
हामी प्रविधिविरोधी होइनौँ, हामी केवल बाल्यावस्थाका पक्षमा छौँ, उनी भन्छिन्, हामी प्रविधि कम्पनीहरूले बालबालिकामैत्री फोनको विकास गरून् भन्ने चाहन्छौँ, जसमा फोन गर्न र सन्देश पठाउन मिल्ने, गीत सुन्न मिल्ने, नक्सा प्रयोग गर्न मिल्नेजस्ता आधारभूतबाहेकका अरू सुविधा नहोऊन्।
एआईसम्बन्धी संस्था हगिङ फेसकी अनुसन्धान वैज्ञानिक डा साशा लुचोअनीका अनुसार यस्तो कुराको सुनुवाइ भएको देखिँदैन। हामीले बनाइरहेका वा प्रयोग गरिराखेका प्रविधिलाई लिएर डिजिटल संयमको चर्चा बढेको छ। तर स्मार्टफोनका डिजाइनरहरू भने ठिक विपरित दिशातिर गइराखेका छन्, उनी भन्छन्।
मैले यही कुरा एपल, गुगल र सामसङसमक्ष राखेँ। त्यसमध्ये सामसङले भन्यो, हाम्रा प्रयोगकर्ताहरूले आफ्नो आवश्यकताअनुसार ग्यालेक्सी फोनहरूलाई उत्तम तरिकाले कसरी प्रयोग गर्ने भनेर छनौट गर्न सक्छन्। उदाहरणका लागि, डिजिटल वेल्बिइङका सुविधाहरूले प्रयोगकर्ताहरूलाई कुन फिचर कतिखेर र कति समयका निम्ति प्रयोग गर्ने भनेर चयन गर्न अनुमति दिन्छ। त्यस्तै धेरै चलाउन नचाहेका एपहरूमा समयसीमा तोक्न पनि सकिन्छ।
फोनका सुविधा घटाउन उठिरहेको बढ्दो मागलाई सम्बोधन गरिरहेको फिन्ल्यान्डको एचडीएम कम्पनीले अझै पनि नोकियाका आधारभूत फोनहरू उत्पादन गरिराखेको छ। गत महिना यसले खेलौना निर्माता म्याटलसँग मिलेर ुबार्बी–थिम्डु अर्थात् बालबालिकाले खेल्ने बार्बी नामक पुतलीको झल्को दिने फोन सार्वजनिक गर्यो। मैले पनि प्रयोग गरिहेरेँ। त्यसलाई म दुई शब्दमा व्याख्या गर्न चाहन्छु, कामचल्दो र गुलाबी।
धेरै फिचर फोनमा जस्तै यसमा पनि एपहरू, एपस्टोर र सेल्फी क्यामेरा छैनन् भने एउटा मात्रै ुगेमु छ। गीत सुन्नका निम्ति एफएम रेडियो दिइएको छ। सीसीएस इन्साइटले यो वर्ष यूकेमा चार लाख फिचर फोन बिक्री हुने सम्भावना रहेको जनाएको छ। विश्वबजारमा धेरै बिक्री हुने फोनको शीर्ष स्थानमा रहेको आइफोनलाई चुनौती दिन यो सङ्ख्या पर्याप्त नभए पनि यो खराब स्थिति पनि होइन।
मैले पछिल्लो सात दिनमा मोबाइलमा कति समय बिताएछु भनेर जाँचेँ, औसतमा प्रतिदिन पाँच घण्टा थियो। यो सोचनीय आँकडा हो, तर इमान्दारीका साथ भन्दा त्यो सबै खराब पनि थिएन।
मेरा निम्ति फोन कामकाजी उपकरण हो। यसबाट म बैंकिङ कारोबार र किनमेल गर्नुका साथै नक्साको प्रयोग तथा स्वास्थ्यसम्बन्धी तथ्याङ्कहरू पनि हेर्छु। पारिवारिक योजनाहरू पछ्याउनका निम्ति समेत यसको प्रयोग हुनुका साथै खेल्न र सामाजिक सञ्जाल हेर्न पनि स्मार्टफोन चलाइन्छ।
मेरो विचारमा हामी यसका प्रशस्त फाइदाहरू पनि छन् भन्ने कुराचाहिँ बिर्सन्छौँ, स्क्रीनटाइमको विषयमा विस्तृतमा लेखेका बाथ स्पा विश्वविद्यालयका मनोविज्ञान तथा विज्ञान सञ्चार विषयका प्राध्यापक पेट एचेल्सले भने।
हामी नकारात्मक कुराहरूमा अधिक ध्यान केन्द्रित गर्छौँ। यी प्रविधिहरू हाम्रा सुविधाका लागि बनाइएका हुन् भन्ने कुरा दिमागमा राख्नु महत्त्वपूर्ण छ। यिनले हामी सघाउँछन्। यसका केही राम्रा पक्ष पनि छन्। एजेन्सीको सहयोगमा