कला/साहित्य

अक्षयको जीवनशैली : सामाजिक सञ्जाल चलाउने समय व्यायाममा खर्च

Thrill Factory
Rungta Group

बलिउडमा अक्षय कुमारको ‘फिटनेस’को चर्चा धेरै हुन्छ । उनी अनुशासित जीवनशैलीका कारण पनि चर्चित छन् ।

भारतको लखनउमा भर्खरै सम्पन्न एक संवाद कार्यक्रममा अक्षयले आफ्नो व्यक्तिगत जीवनका बारेमा खुलेर कुरा गरेका छन् ।

राति अबेरसम्म हुने कार्यक्रम अथवा पार्टीमा अक्षय विरलै भेटिन्छन् । उनी मद्यपान र धुमपानबाट टाढा रहन्छन् । यद्यपि सातामा एक दिन ‘चिट डे’ मनाउने उनी बताउँछन् ।

उनी भन्छन्, ‘त्यस दिन म विशेष गरी छोले–पुरी र हलुवा खान्छु ।’ अन्य दिन भने उनी स्वस्थकर खानामै जोड दिने बताउँछन् ।

उनी राति साढे ९ बजे सुतिसक्छन् भने बिहान चार बजे उठेर व्यायम गर्छन् । यो उनको वर्षौँदेखि चलिआएको दैनिकी हो ।

अक्षय भन्छन्, ‘म  बिहान उठेर दैनिक डेढ घण्टा वर्कआउट गर्छु । यो एकदमै महत्त्वपूर्ण छ । मानिसले आफ्ना लागि समय नै दिँदैनन् । अन्य मानिसले सामाजिक सञ्जाल हेरेर बिताउने समय म व्यायाममा खर्च गर्छु ।’

व्यायामपछि बिहानको खाजा खाएर काममा निस्कने अक्षय बताउँछन् । दिउँसो काम गर्न रुचाए पनि कहिलेकाहीँ  फिल्मको कथाका कारण राति अबेरसम्म खटिनु पर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘मलाई राति काम लगाउँदा निर्देशक र निर्माताले दुःख पाउँछन् ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button