खबर फटाफट

चट्याङ लागेर महिलाको मृत्यु

Patanjali Nepal
Sweet Mart Food

पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

 जिल्लाको सुस्ता गाउँपालिका-५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

मंगलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उनी बगैँचातिर गएको समयमा चट्याङ लागेको  प्रहरी निरीक्षक श्यामप्रकाश यादवले बताए । 

गाउँभन्दा बाहिरको आँपको रुखमुनि उनको शव सोही दिन अपराह्न फेला परेको हो । उनका दुई छोरा र एक छोरी छन् । मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button