कला/साहित्य

‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ प्रदर्शनमा

सिनेमा हलमा दुई नेपाली फिल्महरू प्रदर्शनमा आएका छन्। रामबाबु गुरुङ निर्देशित फिल्म डिग्री माइला एमए थर्ड क्लाससहित फिडेल देवकोटाको डेब्यु फिल्म द रेड सुटकेस रिलिज भएको हो।

विदेशी फिल्म रिलिज नहुँदा यी फरक फरक विधाका फिल्महरुले राम्रै सो पाएका छन्। बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको डिग्री माइलाले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा भन्छ।

यही नाममा अभिनेता दयाहाङको निर्देशनमा केही वर्षअगाडि नाटक प्रदर्शन भएको थियो। यो फिल्म सोही नाटकमा आधारित छ। रामबाबुको कथा रहेको फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, प्रकाश घिमिरेलगायतको अभिनय छ।

यता भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर गरिएको ‘द रेड सुटकेस’ थुप्रै फेस्टिभलमा पुगिसकेको छ। भेनिसमा मेन्सन अवार्ड जित्नुका साथै भेनिसमै स्वतन्त्र समीक्षकहरूको संस्था बिसाटो डिओरोले डेब्यु निर्देशकका रूपमा देवकोटालाई बेस्ट फिचर फिल्मको अवार्डसमेत प्रदान गरेको थियो।

फिडेलको लेखनमा बनेको फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, विपिन कार्की र प्रवीण खतिवडा मुख्य भूमिकामा छन्। सुशन प्रजापतिले खिचेको फिल्मको निर्माता निर्देशक देवकोटासहित रामकृष्ण पोखरेल र शोभा थापा हुन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button