No Image Headlineअर्थमुख्य खबर

पतंजलिका नक्कली उत्पादन बजारमा, उपभोक्तालाई सावधान रहन पतंजलिको आग्रह

नक्कली उत्पादनमा संलग्नलाई कानूनी कारवाहीको चेतावनी

Patanjali Nepal
Sweet Mart Food

पतंजलि आयुर्वेद प्रालिले आफ्ना केही उत्पादनको नक्कल गरी अन्य उद्योगले गैरकानूनी रुपमा बजारमा नक्कली सामान पठाएको भन्दै उपभोक्तालाई सावधान रहन आग्रह गरेको छ । पतंजलिले एक सार्वजनिक सूचनामार्फत यस्तो आग्रह गरेको हो ।

केही उद्योगले गैरकानूनी रुपमा पतंजलिको ‘पतंजलि पपुलर डिटरजेन्ट पाउडर’ र ‘पतंजलि सुपर डिशवाश बार’सँग मिल्दोजुले नाम, डिजाइन र कलर प्रयोग गरी उपभोक्तालाई भ्रम छर्ने प्रयास गरेको भन्दै सतर्क रहन भनेको छ ।

‘कम गुणस्तर भएका डिटरजेन्ट पाउडर र डिशवाशमार्फत उपभोक्ता वर्गलाई भ्रम छर्ने प्रयास भएको देखिन आएकोले त्यस्ता नक्कली उत्पादनसँग सावधान रहन उपभोक्ता वर्गसमक्ष अनुरोध गर्दछौं,’ सूचनामा भनिएको छ ।

गैरकानूनी रुपमा नक्कली उत्पादन बजारमा ल्याएर उपभोक्ता ठग्ने र कम्पनीको व्यावसायिक साख र प्रतिष्ठामा आघात पु¥याउन खोज्नेविरुद्ध कानूनी कारवाहीको चेतावनी पतंजलिले दिएको छ ।

प्राकृतिक तत्वहरूको प्रयोग गरी विभिन्न आयुर्वेदिक बस्तुको उत्पादन गर्दै आएको भन्दै पतंजलिले आफ्नो ब्राण्ड विश्वमै लोकप्रिय भएको उल्लेख गरेको छ । नेपाली बजारमा पनि आफ्ना गुणस्तरीय उत्पादन ल्याएको भन्दै पतंजलिले नक्कली उत्पादनदेखि सावधान रहन आग्रह गरेको छ ।

पतंजलिको लोगो, उत्पादनको नाम, डिजाइन र कलर राम्ररी पहिचान गरेरमात्रै उत्पादन खरिद गर्न पनि उपभोक्तालाई आग्रह गरिएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button