खेल संसार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

Patanjali Nepal
Sweet Mart Food

इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई २० रनले हराएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा दिएको १२२ रनको चुनौती पूरा गर्न नसक्दा राजस्थान पराजित भएको हो । पूरै ओभर खेल्दै राजस्थान ८ विकेटको क्षतिमा २०१ रनमा समेटिएको हो ।

यो जितसँगै दिल्ली अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । १२ खेल खेलेको दिल्लीले ६ खेल गुमाउँदै १२ अंक जोडेको हो । दोस्रो स्थानमा रहेको राजस्थान भने १६ अंकका साथ यथावत छ । उसले ११ मा तीन वटा मात्र खेल गुमाएको छ ।

दिल्लीको जितका लागि ओपनर जेक फ्रेजर म्याकगुर्क र अभिषेक पोरेलले अर्धशतक पूरा गरे । जेकले विस्फोटक ब्याटिङ गर्दै २० बलमा ७ चौका र तीन छक्काको मद्दतमा ५० रन पूरा गरेका हुन् । अभिषेकले भने ३६ बल खेल्दै ६५ रन बनाए ।

 

उसका लागि ट्रिस्टन स्टब्स ४१, गुलबदिन नायब १९ रनमा आउट हुँदा कप्तान ऋषभ पन्त र अक्षर पट्टेलले समान १५–१५ रन जोडे ।

राजस्थानका लागि रविचन्द्रन आश्विनले एक्लै तीन विकेट लिए । आवेश खान, सन्दीप शर्मा र युजवेन्द्र चहलले एकएक विकेट हात पारे ।

दिल्लीले दिएको २२२ रनको चुनौती पछ्याएको राजस्थानको ओपनिङ राम्रो नहुँदा खेल गुमाउन पुगेको हो । राजस्थानका ओपनर यशस्वी जैसवाल र जोस बटलर सस्तैमा समेटिए । जैसवाल २ बल खेल्दै चार रन बनाएर आउट हुँदा बटलरले १७ बल खेल्दै १९ रन जोडे । उसका लागि कप्तान सञ्जु सैमसनले शानदार अर्धशतक बनाए । ४६ बल खेलेका उनले ८ चौका र ६ छक्काको मद्दतमा ८६ रन पूरा गरे पनि त्यो जितका लागि पर्याप्त भएन । रियान पराग २७ रन जोडेर आउट हुँदा शिवमन दुवेले २५ रन जोडे । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा राजस्थान २०१ रनमा समेटिएको हो ।

 

राजस्थानलाई सस्तैमा समेट्न दिल्लीका लागि खलील अहमद, मुकेश कुमार र कुलदीप यादवले समान दुईदुई विकेट हात पारे । रसिक सलाम र अक्षर पट्टेलले समान एकएक विकेट लिए ।

आईपिएल अन्तर्गत बुधबार सनराइजर्स हैदरावाद र लखनउ सुपर जायन्टस्को खेल हुँदैछ । यो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button