खेल संसार

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्षस्थानमा

Patanjali Nepal
Sweet Mart Food

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा टोटनहमलाई २–० गोलले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो ।

सिटीका लागि हर्लिङ हालान्डले दुई गोल गरेका थिए । उनले खेलको ५१औँ मिनेटमा पहिलो तथा दोस्रो हाफको इन्जुरी समयमा दोस्रो गोल गर्दै सिटीलाई २–० गोलको जित दिलाए ।

यो जितसँगै म्यानचेस्टर सिटी सिटीको ८८ अंक भएको छ । दोस्रो स्थानमा रहेको आर्सनलको ८६ अंक छ । पराजित भएको टोटनहम ६३ अंकसहित पाचौँ स्थानमा छ।

अब आइतबार अन्तिम चरणको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ह्यामसँग र आर्सनलले एभर्टनसँग खेल्ने छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button