दृष्टि/संवाद

संकटउन्मुख आर्थिक परिदृष्यको जिम्मेवार को ?

राकेश अधिकारी

विगत एक वर्षदेखि देखिएको अर्थतन्त्र तथा व्यापारको समस्या अहिले झन् चुलिँदै गएको छ । एकातिर उद्योग कलकारखानाहरु पूर्णरुपले चल्न सकेको छैन । उद्योग क्षमताको २० प्रतिशतमा झरेका छन् । उत्पादित बस्तुहरु पनि बजारमा गएर बिक्रीवितरण नभएको अवस्था छ ।

कोरोना महामारीको असर, रुस-युक्रेन युद्धले इन्धनदेखि औद्योगिक कच्चा पदार्थ र उपभोग्य बस्तुको भाउ बढ्नु, अमेरिकी डलरको मूल्यमा भारी वृद्धि र यसबीचमा विदेशी मुद्रा सञ्चितिमाथिको दबाब कम गर्न सरकारले लिएको आयात नियन्त्रणको नीतिले अर्थतन्त्र दुर्घटनाको डिलमा पुगेको छ ।

अन्य देशले यसबाट कसरी निकास पाउन सकिन्छ भन्नेमा अनेक उपाय लगाए पनि हाम्रो सरकार भने व्यापार नियन्त्रणमा मात्रै सीमित भयो । आन्तरिक उत्पादनको प्रवद्र्धनलाई ध्यान नदिँदा आज सरकारी नीतिले अर्थतन्त्र नै सखाप हुने स्थिति देखिएको छ ।

सरकारको तर्फबाट यसको समाधान दिने तिर त्यति ध्यान दिएको जस्तो देखिदैन । बजार यस्तो स्तिथिमा चलिरहेको छ कि मानौं जुनसुकै समयमा पनि कोल्लाप्स हुन सक्दछ ।

यदि यस्तै स्तिथि रहिरह्यो भने नेपालको औद्योगिक तथा व्यापारिक वातावरण शून्यमा झर्न बेर छैन । जसका कारण हजारौं कामदार तथा कर्मचारीहरुको नोकरी गइ बेरोजगार हुनु को साथै सरकार को राजस्व, विधुतको खपत, पेट्रोल, डिजेलका साथै यससंग सम्बन्धित अन्य चिजहरुमा असर गरी समग्रमा देशकै आर्थिक स्थितिमा असर हुनेछ ।

यदि यस्तो स्तिथि आएमा यसको जिम्मेबारी कसले लिने ? सरकारले, उद्योगीले वा अरु ले ? सो चाहि गम्भीर विषय हुन जान्छ । नियम कानुन ल्याउनु र त्यसको कार्यन्वयन गर्नु राम्रो कुरो भए पनि यसको कार्यन्वयन गर्नुअघि समय परिस्थिति विश्व वातावरण पनि हेर्नुपर्ने हुन्छ ।

अहिलेको स्तिथि खराब हुँदाहुदै पनि राहत दिनुको सट्टा आहत दिनु को मतलब के हो ? यसमा सरकार को धारणा आउनुपर्ने होइन र ? अहिले आएर सब भन्छन, मङ्सिर ४ गतेपछि ठिक हुन्छ भनेर ।

तर यसप्रति कसरी विस्वस्त हुने, त्यसको आधरके त ? के यसबारेमा सबै राजनीतिक नेतृत्वलेहरुले आफ्ना एजेन्डा सहित स्वेतपत्र जनताको जारी गर्ने हिम्मत राख्न सक्छन त ?

यदि होइन भने हामी कता जान्छौं त्यो त समयले नै बताउने छ र यसको जिम्मेवारी सम्पूर्ण राजनीतिक नेतृत्वले दिन सक्नु पर्दछ । किन कि, आर्थिक स्तिथि राम्रो नभए राजनीतिको कुनै अर्थ रहन्न जुन चाहिँ हामीले श्रीलंका, बंगलादेश, पाकिस्तान तथा अफ्रिकन देश हरुमा देख्न सक्छौं ।

अम्बे सिमेन्टका महाप्रबन्धक अधिकारीका यी निजी विचार हुन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button