प्रदेशस्वास्थ्य/जिवनशैली

क्याल समूहको नारायणी सेन्ट्रल अस्पतालमा जेठ १ गतेदेखि आमा सुरक्षा कार्यक्रम

Thrill Factory
Rungta Group

क्याल समूहले वीरगञ्जमा ४ वर्षदेखि सञ्चालनमा ल्याएको नारायणी सेन्ट्रल अस्पतालले आउँदो जेठ १ गतेदेखि आमा सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर पे ्राडा प्रमोदकुमार सर्राफले बुधबार पत्रकार सम्मेलन गरी यो जानकारी दिएका हुन् । सरकारले गर्भवती महिलाहरूको स्वास्थ्य सुरक्षाको लागि आम सुरक्षा कार्यक्रम सञ्चालनको अनुमति दिएको हो । गर्भावस्थामा स्वास्थ्य परीक्षणको अभावमा आमा र शिशुको स्वास्थ्यमा हुन सक्ने जटिलता कम गर्दै सुरक्षित मातृत्व निश्चित गर्न यो कार्यक्रम सञ्चालन गरिएको सर्राफले बताएका छन् ।

गर्भवती महिलाले गर्भावस्थामा कम्तीमा ४ पटक आफ्नो स्वास्थ्य परीक्षण गराई सुरक्षित प्रसुति सेवा लिन सक्ने अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘आमा र शिशुको स्वास्थ्यको उचित हेरचाह गर्दै सुरक्षित मातृत्व ग्यारेन्टी गर्न यो कार्यक्रमको निर्देशिकाअनुसारका सेवाहरू निःशुल्क हुने र यसबाट गर्भवती महिला, सुत्केरी र शिशुको स्वास्थ्यमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण भई आमा र बच्चाको असल स्वास्थ्यको ग्यारेन्टी हुनेछ,’ अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।

औद्योगिक र व्यापारिक कारोबारमा अग्रणी क्याल समूहले बिस २०७४ कात्तिकदेखि यो अस्पताल सञ्चालन गरेको थियो । कोरोना महामारीको समयमा कोरोना संक्रमितको उपचारमा सक्रिय भएको अस्पतालले अहिले कोरोनाविरुद्धको खोप र अन्य नियमित खोप कार्यक्रम सञ्चालनमा सरकारसँग सहकार्य गरिरहेको सर्राफले बताए ।

अस्पतालले वरिष्ठ विशेषज्ञहरूसहित दक्ष चिकित्सक, नर्सिङ्ग स्टाफ र पारामेडिक्सहरूले सेवा दिइरहको सर्राफले जानकारी दिए । अस्पतालमा अत्याधुनिक प्रयोगशाला र मोडुलर अप्रेशन थिएटर रहेको पनि अस्पतालले बताएको छ ।

आधुनिक प्रविधिबाट शल्यक्रिया, वीरगञ्जमै पहिलो अत्याधुनिक प्रविधियुक्त इन्डोस्कोपी सेवा उपलब्ध भएको अस्पतालको भनाइ छ ।छारे रोगको उपचारको लागि ईईजी सेवा प्रदान गर्दै आएको पनि अस्तालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । पत्रकार सम्मेलनमा अस्पतालका गाइनोक्लोजिस्ट डा. राजेन्द्र चौधरी, डा. खुश्बु अग्रवाललगायतको सहाभागिता थियोे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button