कला/साहित्य

जोनीमाथि एम्बरले लगाइन् यौन दुर्व्यवहारको आरोप

Thrill Factory
Rungta Group

‘पाइरेट्स अफ दी क्यारेबियन’ अभिनेता जोनी डेप लाई पुर्वपत्नी एम्बर हर्डले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् । यो यौन दुर्व्यवहारको घटनाले हलिउड तरंगित बनेको छ ।

जोनी डेप र एम्बर हर्डको यो मुद्दाको बुधबार र बिहीबार अदालतमा बयान लिने काम भएको थियो । बिहीबार अदालतमा उपस्थित हुँदै एम्बर हर्डले जोनीले आफूमाथि यौन हिंसा गरेको भन्दै रुँदै बयान दिएकी थिइन् ।

जोनी डेप र एम्बर हर्डको भेट हलिवुड फिल्म ‘द रम डायरी(२०११)’को सेटमा भएको थियो । सन् २०१२ मा दुवैजना प्रेममा रहेको खबर बाहिरियो र सन् २०१५ मा दुवैले विवाह गरे ।

तर विवाह भएको १५ महिना पनि नबित्दै, अभिनेत्री एम्बर हर्डले आफ्नो अनुहारमा लागेको चोटका दागहरु सहित, जोनी डेपसँग सम्बन्ध बिच्छेदका लागी निवेदन दिइन् ।

सन् २०१८मा एम्बर हर्डले, आफू घरेलु हिंसाको शिकार भएको भन्दै वाशिङ्टन पोष्ट पत्रिकामा एउटा लामो लेख लेखेकी थिइन् । त्यस लेखमा कसैको नाम नखुलाइएको भएता पनि अभिनेता जोनी डेपले उक्त लेखले उनको मान हानी भएको र प्रोफेसनल करियरमा पनि असर गरेको भन्दै आफ्नी पूर्वपत्नी एम्बर हर्ड विरुद्ध ५० मिलियन डलर बराबरको मानहानी मुद्दा दर्ता गरे । बदलामा डेपकी एम्बर हर्डले १०० मिलियन डलरको केस दर्ता गरिन् ।

अहिले यस सिभिल केसको सुनुवाइ भैरहेको छ। केसको सुनुवाइमा, अभिनेत्री हर्ड निकै रोइन र अभिनेता डेपले विवाह लगत्तै हत्या गर्ने धम्की दिएको र मदिराको बोतल लिएर यौन दुर्व्यवहार प्रयास गरेको आरोप लगाइन् ।

विवाह लगत्तै सन् २०१५ मा अष्ट्रेलियामा भएको ‘पाइरेट्स अफ दी क्यारेबियन’ फिल्म छायांकनको बेला आफू पूर्वपतिलाई भेट्न अष्ट्रेलिया पुगेको र त्यहाँ एक महिना बिताएको समेत हर्डले उल्लेख गरेकी छन् ।

पहिलो साँझ डिनरको बेला डिपसँग भनाभन भएको उनले बताइन् । त्यसक्रममा मदिरा पिएका डेपले आफूलाई रेफ्रिजेरेटरतर्फ धकेलेको र घाँटी थिचेको समेत उनले बताइन् ।

५८ वर्षीय अभिनेता डेपविरुद्ध केही सातादेखि लस एन्जलस अदालतमा यौन दुर्व्यवहारको मुद्दा चलिरहेको छ । अब अदालतमा मे १६ मा बयानको अर्को शृंखला सुरु हुनेछ । मुद्धाको अन्तिम फैसला भने मे २७ मा हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button