कला/साहित्य

विक्की भन्छन्, ‘कट्रिनाबाट हरेक दिन केही नयाँ सिक्छु’

Thrill Factory
Rungta Group

एक्टर विक्की कौशलले आफूले कट्रिना कैफलाई पत्नीको रुपमा पाउनुमा भाग्यमानी महसुस गरेको बताएका छन् ।

हेल्लो म्यागजिनसँगको कुराकानीमा विक्कीले कट्रिनासँग हरेक दिन केही न केही सिक्ने गरेको बताएका छन् । ‘मैले कट्रिनालाई जीवनसाथीको रुपमा पाउनुको खुशी शब्दमा व्यक्त गर्न सक्दिनँ । उनले व्यक्तित्वको प्रभाव मेरो जीवनको हरेक पक्षमा परेको छ । बुद्धिमानी र दयालु छिन् कट्रिना’ विक्कीले कुराकानीको क्रममा भनेका छन् । 

उनले कट्रिनाको आगमनसँगै आफूमा पोजिटिभिटी बढेको समेत बताए । ‘उनी निकै अनुशासित छिन् । उनले हरेक आरोहअवरोहलाई सकारात्मक रुपमा लिने गरेकी छिन्’ विक्कीले भने । गत वर्षको डिसेम्बरमा कट्रिनासँग विक्कीले विवाह गरेका थिए । त्यसयता पहिलोपटक विक्कीले विवाहको बारेमा कुराकानी गरेका हुन् । 

विक्की पछिल्लो समय ‘गोविन्दा तेरा नाम’ फिल्मको काममा व्यस्त छन् । यस्तै , कट्रिना टाइगर ३ , फोन भुत लगायतका प्रोजेक्टमा व्यस्त छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button