कला/साहित्य

सलमानले फ्यानलाई भने – हलभित्र पटाका नपड्काउनुस्

बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’ गत शुक्रवारदेखि रिलिज भयो। महेश मान्जरेकरको निर्देशन रहेको यस फिल्ममा सलमान खानकै लगानी रहेको छ।

एक्सन जनराको यो फिल्मलाई समीक्षक तथा दर्शकहरुबाट राम्रै प्रतिक्रिया मिलिरहेको छ। रिलिज भएको पहिलो दिनमा फिल्मले करिब साढे ४ करोडको व्यापार गरेको थियो।

यस साता पनि फिल्मले बक्स अफिममा राम्रो व्यापार गर्ने अनुमान छ। यसैबिच फिल्मसँग सम्बन्धित एक भिडियो सोसल मिडियामा निकै भाइरल भइरहेको छ। भिडियोमा सलमानको फिल्म हेर्न आएका फ्यानहरुले खुशियाली मनाइरहेका हुन्छन्। उनीहरुले शो चलिरहेको बेला पटाका पड्काएको देख्न सकिन्छ।

तर सलमानले भने दर्शकहरुलाई यस्तो खतरा हुने कार्य नगर्न आग्रह गरेका छन्। इन्स्टाग्राममा भिडियो सेयर गर्दैँ हलभित्र पटाका नपड्काउन उनले अनुरोध गरेका हुन्।

‘मेरा सबै फ्यानहरूलाई हलभित्र पटाका नपड्काउन अनुरोध गर्न चाहन्छु। यसले आगलागी हुने सम्भावना बढी हुन्छ र सबैको ज्यानलाई नै खतरा हुन्छ। सिनेमाघर भित्र पटाका लग्नबाट रोक्न हल संचालकलाई मेरो अनुरोध छ।’ उनले लेखेका छन्।

फिल्ममा सलमानका खानका साथै आयुष शर्मा र महिमा मकवानाको मुख्य भूमिका रहेको छ। आयुष शर्मा सलमानकी बहिनी अर्पिता खानको श्रीमान् हुन्।महिमा मकवानाले भने यसै फिल्मबाट बलिउडमा डेब्यु गरेकी हुन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button