प्रदेश
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ

१५ वर्षीया बालिकालाई प्रलोभन देखाएर ४ महीनासम्म पटकपटक बलात्कार गर्दै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई विवाह गर्ने, शहर लगी घुमाई दिने, सिनेमा देखाइ दिने र राम्रा लुगा कपडाहरू खरिद गरि दिने जस्ता प्रलोभन देखाई २०७८ जेठ १० गते देखि असोज ६ गतेसम्म पटकपटक बलात्कार गरेको आरोपमा पर्सा जगरनाथपुर गाउँपालिका वडा नं १ पिडारीगुठी बस्ने वर्ष २१ का अब्दुल कादिर अन्सारी पक्राउ परेका हुन् ।


उनलाई नियन्त्रणमा लिई जबरजस्ती करणी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।
बालिकालाई पटकपटक जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा बालिकाका अभिभावकले यही मंसिर ८ गते प्रहरीमा जाहेरी दिएको प्रहरीले बताएको छ ।