स्वास्थ्य/जिवनशैली

सामाजिक सञ्जाल चलाउने बालबालिकाका अभिभावकले अपनाउनुपर्ने सावधानी

Thrill Factory
Rungta Group

अहिले बालबालिकाहरू पनि सामाजिक सञ्जालमा सक्रिय हुने गरेका छन् । तर धेरैजसो अभिभावक भने आफ्ना बालबालिका अनलाइनमा सुरक्षित छन् वा छैनन् भन्नेबारे अनविज्ञ नै छन् ।

अमेरिकामा गरिएको एक सर्वेक्षणमा १० देखि १२ वर्ष उमेर समूहका ५० प्रतिशत र ७ देखि ९ वर्ष उमेर समूहका ३२ प्रतिशत अभिभावकले आफ्ना बालबालिकाले सामाजिक सञ्जाल चलाउने गरेको बताएका थिए ।

मिचिगन विश्वविद्यालयकी वैज्ञानिक सारा क्लार्कले बालबालिकाले कहिलेदेखि सामाजिक सञ्जाल चलाउन थाले र त्यसमा अभिभावकले कति नजिकबाट निगरानी गर्छन् भनेर गरेको सर्वेक्षणको ‘पोल’ सेयर गरेकी थिइन् ।

पोलमा अभिभावकले बालबालिकाले सामाजिक सञ्जाल चलाउँदा उनीहरूको अनलाइन सुरक्षाको बारेमा थाहा पाउनुपर्छ की पर्दैन भन्नेबारे प्रश्न समेत गरिएको थियो । प्रश्नमा यस विषयमा जान्नु आवश्यक छ भन्ने विकल्पमा ६० प्रतिशत अभिभावकले भोट गरेका थिए ।

सर्वेक्षणको नतिजामा ५१ प्रतिशत अभिभावकले बालबालिकाले प्रयोग गर्ने एप आफ्नो नियन्त्रण र निगरानीमा रहेको बताएका थिए ।

त्यस्तै सामाजिक सञ्जाल चलाउने बालबालिकाको ५० प्रतिशत अभिभावकलाई बालबालिकालाई अर्कोतर्फको सामाजिक सञ्जाल प्रयोगकर्ता वयस्क अथवा बच्चा के हो भन्ने थाहा नभएको बताएका थिए ।

यदि अभिभावकले आफ्ना बालबालिकालाई सामाजिक सञ्जाल चलाउन दिन्छन् भने उसलाई कसरी अनलाइन अपराधबाट सुरक्षित राख्ने भन्नेबारे अभिभावकले सोच्नुपर्ने क्लार्कको भनाइ छ ।

बालबालिकाको प्रयोगको लागि मात्र भनेर कती एप्लिकेशनहरु बनेका छन् । तीमध्ये कती बालबालिकामैत्री छन् ।

बाबु नानीहरूलाई यस्ता एप्लिकेशन प्रयोग गर्न दिँदा त्यसमा सुरक्षा र जोखिमलाई सीमित गर्न प्रयोग गरिने सेटिङ्मा अभिभावकको नियन्त्रण हुनुपर्छ । यस्ता एप्सबाट तस्बिर सार्वजनिक गर्ने, व्यक्तिगत च्याट गर्नेलगायत सुविधा भएको एप प्रयोग गर्न दिनु हुँदैन ।

बालबालिकाले प्रयोग गर्ने एप्सको पासवर्ड आफै सेयर गर्ने, त्यसमा कसरी गोप्यता कायम गर्न सकिन्छ भन्नेबारे बुझ्ने, अभिभावक आफै मोडरेटर बन्ने जस्ता निगरानी गर्नु आवश्यक हुन्छ ।

त्यतिमात्र नभएर सामाजिक सञ्जालको सुरक्षित तरिकाले गर्ने प्रयोगबारे थाहा नभएका व्यक्तिले तालिम लिनुपर्ने कुरामा क्लार्कले जोड दिएकी छन् । अहिले धेरै प्रयोग गरिने एप्लिकेशनहरु जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक, स्न्यापच्याट, ह्वाट्स एप मा विशेष निगरानी गर्न आवश्यक रहेको उनको मत छ ।

किनभने यस्ता एप्लिकेशनबाट हुने गतिविधिले असुरक्षित अवस्था सिर्जना गर्ने सम्भावना उच्च रहन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button