कला/साहित्य

आमिर र करिनाको ‘लाल सिंह चड्डा’ अप्रिल १४ मा रिलिज हुने

Patanjali Nepal
Sweet Mart Food

बलिउडका मिस्टर पर्फेक्सनिष्ट भनिने सुपरस्टार आमिर खान अभिनित फिल्म ‘लाल सिंह चड्डा’ को प्रदर्शन मिति तय गरिएको छ ।

आमिर खान प्रोडक्सन तथा वायकम-१८ स्टुडियोले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी अप्रिल १४ का दिन प्रदर्शन मिति घोषणा गरेका हुन् । आमिर खान र किरण रावको निर्माण तथा वायकम-१८ स्टुडियोको प्रस्तुति रहेको ‘लाल सिंह चड्डा’को अद्वेत चन्दनले निर्देशन गरेका छन् ।

फिल्ममा आमिर र करिना कपुरको मुख्य भूमिका रहेको छ । यसअघि यी दुईले बहुचर्चित फिल्म ‘थ्री इडियट्स’मा एक रोमान्टिक जोडीको रुपमा अभिनय गरेका थिए ।

‘लाल सिंह चड्डा’मा प्रीतमको संगीत छ भने अमिताम भट्टाचार्यले गीत लेखेका छन् । कोराना महामारीले झण्डै दुई वर्ष ठप्प बनेको सिनेमा उद्योग ‘सूर्यवंशी’को प्रदर्शनसँगै चलायमान हुन थालेको छ । अहिले धमाधम नयाँ फिल्मले प्रदर्शन मिति घोषणा गर्न थालेका छन् । आमिरको ‘लाल सिंह चड्डा’ बहुप्रतीक्षित फिल्म हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button