स्वास्थ्य/जिवनशैली

दमको लक्षण र बच्ने उपाय

Thrill Factory
Rungta Group

दम रोगभन्दा पनि रोगहरूको लक्षण हो । यो रोगमा श्वासनली वा वरिपरिको जोडिएको खण्ड सुन्निन्छ । जसका कारण फोक्सोमा हावा जान कठिनाइ हुन्छ । जतिखेर एलर्जी उत्पन्न गर्ने कारक तत्त्व एलर्जन्स र अप्ठ्यारो उत्पन्न गर्ने तत्त्व इरिटेटस सास नलीको सम्पर्कमा आउँछन्, त्यसपछि सास फेर्न समस्या हुन थाल्नु नै दम हो ।

दम हुनुमा बढ्दो वायु प्रदूषण, धुवा, धुलो, धूम्रपानको नियमित प्रयोग प्रमुख कारण हो । यो रोग विभिन्न उमेर समूहका व्यक्तिहरूमा विभिन्न किसिमका हुने गर्छ । सास फेर्न गाह्रो हुनु, खोकी लाग्नु, घ्यारघ्यार हुनु, छाती दुख्नु, छाती कस्सिएको अनुभव हुनु नै दम हो ।

यी हुन् दमबाट बच्ने उपायहरू :

– धूम्रपान गर्दै नगर्ने

– धूलो, धुवाँबाट सकेसम्म बच्ने

– पर्याप्त मात्रामा पानी पिउने

– चिकित्सकको परामर्शमा तोकिएको औषधी भनेको समयसम्म सेवन गर्ने

– घर बाहिर निस्कन परे अनिवार्य मास्क लगाउने

– दैनिक व्यायाम गर्ने

– तनाव मुक्त हुने

– एलर्जी हुने वस्तुबाट टाढा रहने

– प्रदूषित हावाबाट बच्ने

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button