कला/साहित्य

प्रथम रेडियो सान्भी म्युजिक अवार्ड : उत्कृष्ट गायकको उपाधि सञ्जु अमात्य र सुनील पडितलाई, दीपशिखा मिश्रा बनिन् उत्कृष्ट गायिका

Thrill Factory
Rungta Group

रेडियो सन्भीले आयोजना गरेको प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा गीतसंगीत क्षेत्रमा योगदान पुर्याएका बिभिन्न व्यक्तिलाई बिभिन्न अवार्ड प्रदान गरिएको छ । भोजपुरी गीतमा भोजपुरी गायक सुनिल पण्डितलाई उत्कृष्ट भोजपुरी गायक अवार्ड प्रदान गरिएको छ । त्यसै गरी नेपाली भाषाको गीततर्फ गायक सन्जु अमात्यलाई उत्कृष्ट गायकको अवार्ड प्रदान गरिएको छ ।

यस्तै उत्कृष्ट नेपाली गायिका अवार्ड गायिका दीपशिखा मिश्रालाई प्रदान गरिएको छ । यस्तै भोजपूरिमा उत्कृष्ट नव गायिका अवार्ड अन्जली गुप्तालालाई प्रदान गरिको छ भने नव उकृष्ट गायक अवार्ड छोटु राजालाई प्रदान गरिएको हो ।

उकृष्ट नेपालि नव गायिका अवार्ड सुरभी मिश्रलाई प्रदान गरिएको छ भने उत्कृष्ट नव गायक अवार्ड अनुप तिवारीलाई प्रदान गरिएको छ । त्यसैगरी उत्कृष्ट संगीतकारको अवार्ड संगीतकार विवेक प्रियारलाई प्रदान गरिएको छ ।

उत्कृष्ट गीतकार अवार्ड अजमत अलीलाई प्रदान गरिएको हो । उत्कृष्ट भोजपुरी लोक गीतक अवार्ड सलिम मियालाई प्रदान गरिएको छ । यस्तै उत्कृष्ट संगीत समुह अवार्ड परियार ब्रदर्शलाई प्रदान गरिएको छ ।

पिपुल च्वाईस अवार्ड शर्मा चौहानलाई प्रदान गरिएको छ। उत्कृष्ट गीत अवार्ड चन्दन प्रजापतिलाई प्रदान गरिएको छ भने स्पेसल सान्भी म्युजिक अवार्ड मुनिलाल परदेशीलाई प्रदान गरिएको छ ।

यसैगरी लाईफ टाईम एचिभमेन्ट अवार्ड गणेश परियार र अनिल कुमार वर्मालाई पप्रदान गरिएको छ । यस्तै बिभिन्न क्षेत्रमा पूर्याउनु भएको योदानको मूल्यांकन गर्दै कदर पत्र बाट ध्रुब सिंह ठकुरी ,बुद्धिमान महर्जन , निलिमा पौडेल ,सोधा यादव ,अशोक प्रधान , हरी श्रिवास्त र अनिल वर्मालाई समानित गरिएको छ । यस्तै सम्मानपत्रबाट देवेश मानवसेवा , डा. महेश्वर प्रसाद कुर्मी, सुमिर कुमार साह , राजेश अग्रवाल , ब्रिज मोहन तिवारी, मुन्नीलाल प्रसाद , ओमप्रकाश खनाल , सुधिर कर्णलगायत व्यक्तित्वलाई सम्मान गरिएको हो ।

यसैगरी रेडियोको सान्भिमा स्थापानाकालदेखि योगदान पूर्याएका कर्मचारीलाई प्रसंसापत्र प्रदान गरिएको छ । कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्री महेन्द्र राय यादव ,संघीय सांसद हरिनारायण रौनियार , रामबाबु यादव ,प्रदेश सभा सदस्य करिमा बेगम , मन्जुर अन्सारी ,वीरगंज महानगरपालिका मेयर विजय कुमार सरावगी ,पोखरिया नगरपालिकाकी प्रमुख दीपनारायण रौनियार, उप प्रमुख सालमा खातुनलगायत राजनीतिक दलका पदाधिकारीहरुको सहभागिता थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button