कला/साहित्यप्रदेश

‘प्रिय मौनता’को विमर्शमा जमे मकवानपुरका साहित्यकार

Thrill Factory
Rungta Group

प्रगतिशील लेखक संघ (प्रलेस) मकवानपुरको आयोजनामा कवि नेत्र एटमको उपासना कविता ‘प्रिय मौनता’बारेमा विमर्श गरिएको छ ।

हेटौंडा–४ मा शनिबार भएको सो विमर्शमा साहित्यकार घनश्याम घिमिरे र निरा शर्माले उपासना कविताबारे आआफ्नो धारणा राखेका थिए । प्रेम र श्रृंगारिक कवितामा आधारित रहेको बताउँदै घिमिरेले कवितामा समाजका जीवन्त समस्यामा विद्रोह गम्भीर विषय भएको दाबी गरे ।
साहित्यकार शर्माले कवितामा नारीको कुरालाई उठान गर्दा ध्यान दिनुपर्ने बताइन् । कार्यक्रममा कवि एटमलाई सम्मानित गरिएको थियोे ।

कार्यक्रम प्रलेस मकवानपुर अध्यक्ष शान्ति प्रियबन्दनाको अध्यक्षतामा भएको थियो । वरिष्ठ साहित्यकार कौशल पाण्डे प्रमुख अतिथि थिए । विमर्शको सहजीकरण साहित्यकार सुवास खनाल गरे ।

साहित्य संगम मकवानपुरका सचिव डीबी बर्तौला, नवराज शर्मा, निमेष निखिल, दीपक गौतम, रमेशमोहन अधिकारी, अनिता न्यौपाने, मुक्तिगोविन्द वैद्य, राजकुमार लामिछाने, सानु खनाललगायतका साहित्यअनुरागीहरुको सहभागिता थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button