कला/साहित्य

राजेश हमालले गाए ‘मन बुढो भएन’

Thrill Factory
Rungta Group

अभिनेता राजेश हमालले ‘मन बुढो भएन’ बोलको गीत गाएका छन् । हमालले करिब दुई महिनाअघि दीपक शर्माको शब्द र संगीतमा यो गीत गाएका हुन् ।

गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलले साथ दिएका छन् । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत अनामनगरस्थित वेभ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतकार तथा संगीतकार शर्माले अभिनेता हमालले आफूलाई अनुकुल हुने, आफ्नो उमेर सुहाउँदो एउटा गीत गाउने इच्छा व्यक्त गरेकाले आफूले तयार पारेको बताए । ‘मैले एउटा गीत लेखेको थिएँ । म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेमार्फत उहाँलाई भेटेर गीत सुनाएँ । उहाँले मन पराउनुभयो,’ उनले भने ।

दीपकले हमालसँग दुईपटकको बसाईमा अभ्यास गरेपछि गीत तयार गर्न सम्भव भएको खुलाए । ‘दुई पटककै अभ्यासमा उहाँले प्रोफेसन गायकले झैँ सुरताल समात्नु भयो । त्यसपछि गीत रेकर्ड ग¥यौँ,’ उनले भने ।

यो गीतको भिडियो तिहारअघि नै रिलिज गर्ने तयारी निर्माण पक्षको छ । भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गर्नेछन् । हमालले यसअघि शिव रेग्मीको ‘हामी तीन भाइ’ फिल्मको ‘बाजा बजाउँदै’ बोलको गीतमा केही सम्वाद बोलेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button