कला/साहित्य

निर्मातासँग नसुत्दा फिल्मबाट निकालिइन् इशा

Thrill Factory
Rungta Group

बलिउड अभिनेत्री इशा गुप्ताले आफ्नो अभिनय डेब्यू इमरान हासमीसँग फिल्म ‘जन्नत २’बाट गरेकी थिइन् । यसपछि उनी ‘राज घडी’, ‘हमशक्ल’, ‘रुस्तम’, ‘पल्टन’ र ‘बादशाहों’ जस्ता फिल्ममा देखिइन् ।

लामो समयदेखि फिल्ममा सक्रिय इशाले बलिउड बबलसँगको कुराकानीमा फिल्म उद्योगसँग जोडिएको काला तथ्य खुलासा गरेकी छन् । उनले एक निर्माताले आफूसँग सुत्न नमानेको भन्दै फिल्मबाट निकालेको खुलासा गरेकी छन् ।

‘म ती दिनमा मेकअप आर्टिस्टको कोठा शेयर गरेर सुत्ने गर्थें । मैले ‘म डराइरहेकी र एक्लै सुत्न नसक्ने’ बहाना बनाएको थिएँ । तर म भूत भन्दा पनि एक व्यक्तिको कारण डराएको थिएँ । किनकी तपाईंलाई थाहा पनि थिएन कि उसले कतिबेला तपाईंलाई निकाल्छ,’ उनले भनेकी छन् ।

उनले एक निर्माताले आफूलाई नराम्रो व्यवहार देखाएको बताएकी छन् । ‘सुटिङको बीचमा निर्माता आएर मसँग काम नगर्ने भने । मैले चारदेखि पाँच दिनको सुटिङ पुरा गरिसकेको थिएँ । उसले मलाई आफूसँगै सुत्नुपर्ने प्रस्ताव राख्यो । यद्यपि निर्देशक मेरो समर्थनमा आउनुभयो र निर्माताको प्रस्तावलाई अस्वीकार गर्न भन्नुभयो’, उनले भनेकी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button