कला/साहित्य

खाना खाएपछि दाह्रीले हात पुछ्थे अमिताभ !

अभिनेता अमिताभ बच्चनको शो ‘कौन बनेगा करोडपति १३’को यसपटकको एपिसोड ‘शानदार शुक्रबार’मा बलिउड अभिनेता पंकज त्रिपाठी र प्रतीक गान्धी हिस्सा लिँदैछन् ।

Patanjali Nepal
Sweet Mart Food

यो एपिसोडसँग जोडिएको कैयौं भिडियो प्रोमो सार्वजनिक भएका छन् । जसमा अमिताभ यी दुई कलाकारलाई कैयौं प्रश्न र हसीमजाक गरिरहेको देख्न सकिन्छ । यो शोसँग जोडिएको एक नयाँ प्रोमो सार्वजनिक भएको छ ।

प्रोमोमा प्रतीकले अमिताभलाई कैयौं रमाइलो प्रश्न सोधिरहेको देखिएका छन् । उनले केबिसीको हट सिटमा बसेर अमिताभलाई ‘सर केही साधारण प्रश्न तपाईंसँग सोध्न चाहन्छु । जसमा न कुनै धनराशी छ, न लाइफ लाइन नै’ भनिरहेका छन् ।

यसपछि प्रतीकले अमिताभलाई ‘टेलिभिजनको रिमोट कन्ट्रोल नचल्दा कहिल्यै तपाईंले रिमोटलाई ठोकेर चलाउनुभएको छ ? जुन कपडा पुरानो भएको छ, त्यसलाई झाडु बनाउनुभएको छ ?’ भनी सोधेका छन् ।

प्रतीकले आफ्नो अन्तिम प्रश्नमा अमिताभलाई ‘कहिल्यै खाना खाएर पेटमा हात पुछ्नुभएको छ ? भनी सोधेका छन् । यो प्रश्नमा अमिताभले उत्तिकै रमाइलो उत्तर दिएका छन् ।

‘एक समय थियो, जब मैले थोरै दाह्री पालेको थिएँ । त्यो बेला खाना खाएर त्यही दाह्रीले हात पुछ्थे’, अमिताभले भनेका छन् । अमिताभको जवाफ सुनेर पंकज र प्रतीक निकै हाँसेका छन् । यो प्रोमो सोनी टेलिभिजन च्यानलको आधिकारिक इन्स्टाग्राम एकाउण्टमा राखिएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button