कला/साहित्य

फिल्मी स्टारलाई म्युजिक भिडियोमै हाईसन्चो

Thrill Factory
Rungta Group

चलचित्रका स्टार कलाकारहरुमध्ये थोरैले मात्र म्युजिक भिडियोमा काम गरेका छैनन् । होइन भने अधिकांश कलाकारलाई अहिले पनि भिडियोमा भ्याईनभ्याई नै देखिएको छ ।

हल खुलिसकेको अवस्था र चलचित्र रिलिजको लागि तयार भएको अवस्थामा पनि अधिकांश स्टार कलाकारले यो बिषयमा केही पनि बोल्न उचित ठानेका छैनन् । सबैजसो कलाकार निर्माताले जहिले लगाउँछन् सोही मिति नै ठिक छ भन्ने मनस्थितीमा छन् ।

पहिलो लकडाउनपछि हल खुल्दा पनि मौनतामा नै बसेका अधिकांश कलाकार यसपटक पनि यो बिषयमा चुइक्क बोल्न, आफ्नो कुरा राख्न आवश्यक नै ठान्दैनन् । चलचित्र क्षेत्र नचलेपनि भिडियोले चलिएको नै छ, पैसा कमाइएको नै छ भन्ने सोच अधिकांशमा देखिन्छ ।

भिडियोमा मात्र काम गर्ने कलाकारले ३०–४० हजारको हारहारीमा काम गर्दा चलचित्रमा काम गरेका कलाकारको पारिश्रमिक भिडियोमा लाख बढी छ । चलचित्रले नै बनाइदिएको ब्रान्डलाई बिकाएर उनीहरु भिडियोमा आफ्नो मुल्य महंगो बनाउँछन् ।

तर, यही चलचित्र क्षेत्रलाई समस्या पर्दा र उनीहरुको आवश्यकता चलचित्र क्षेत्रले खोजिरहँदा अधिकांश स्टार कलाकार मौन बस्छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button