कला/साहित्य
‘तिम्रो मन’मा पुष्पन र प्रविशा

काठमाडौं– गायक पुष्पन प्रधान र गायिका प्रविशा अधिकारीको स्वरमा रहेको गीत ‘तिम्रो मन’ सार्वजनिक भएको छ । गीतमा दिग्गज धौरालीको शब्द, रिकेश गुरुङको संगीत तथा संगीत संयोजन छ ।
जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा सुधीर श्रेष्ठ र समृद्धि पौडेल फिचर्ड छन् ।


इन्दु भण्डारी क्रिएटिभ निर्देशक रहेको भिडियोमा उत्सव दाहालको कोरियोग्राफी र शिलन लम्सालको कलर तथा सम्पादन छ ।
भिडियो साइराम पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।