स्वास्थ्य/जिवनशैली

दुधसँग खान नहुने यी १२ खानेकुरा, जान सक्छ ज्यान !

Thrill Factory
Rungta Group

स्वास्थ्यका लागि अत्यन्त्य पौष्टिक पदार्थ मानिएको भए पनि दुध पिउन नजान्दा अनेकै रोगहरू उत्पन्न हुन्छन् । विशेष गरि दुधसंग के खाने के नखाने भन्ने कुराको जानकारी नहुँदा दुधको सेवन विषाक्त बन्न सक्छ । यसर्थ आउनुहोस हामी पनि जानौँ दुधसंग भूलेर पनि खान नहुने यी खानेकुराहरू ।

दहीः दुध र दही दुबै स्वास्थ्यका लागि लाभदायक खानेकुराहरू हुन् । तर, दुबै सँगसँगै खाँदा फाईदाको साटो नोक्सान ज्यादा हुन्छ । यसो हुँनुमा दहीमा विद्यमान ब्याक्टेरिया र अम्लले गर्दा दुधलाई डीन्याचूरेट गर्ने वा फटाईदिने हुँदा यो फाटेको दुधले एसिडिटी, ग्यास, बान्ता, झाडा–पखाला, वाकवाकी गराउने हुन्छ ।

नुनः दुधसंग नुनको सेवन पनि अत्यन्त हानीकारक मानिन्छ । दुधसंग नुनको सेवन गर्दा पेटको भित्री पत्र वा छालाको संक्रमणको उच्च जोखिम हुन जान्छ । वैज्ञानिकहरू छालामा आउने दाँद, फोकाफोकी, घाउ, खटिरा, स्वरीयासीस, छाला चिलाउने, एक्जिमाजस्ता समस्याहरूलाई दुध र नुनको विरूद्ध आहार सेवनले उत्पन्न भएको समस्या मान्ने गरेका छन् ।

तेलः दुध र तेलको योगलाई पनि चिकित्सा विज्ञानले राम्रो मान्ने गरेको छैन् । दुध र तेललाई एकसाथ मिलाउन सकिदैन । दुधमा विद्यमान पानी तेलमा तैरिन्छ र एकसाथ खान खोज्दा यो योग स्वास्थ्यका घातक हुन जान्छ । यसैगरि दुधसँग उच्च मात्रामा तेल भएका खाने कुराको सेवन पनि उचित मानिन्न । यदि खाईएमा पेट ढुस्स हुने, ग्यास्ट्राईटिस हुने, आँउ पर्ने, भुँडी हुडल्ने जस्ता समस्या देखा पर्दछन् ।

तीलौराः तीलको लड्डूलाई तीलौरा भनिन्छ । तीलौरा पनि उच्च मात्रामा तेल र प्रोटिन भएको खाने कुरा हो । तीलौरा र दुधको सेवन गर्ने गर्दा तेल र दुधको विरूद्ध प्रकृति एक आपसमा नमिल्दा भोजनविरूद्ध हुन पुग्दछ र स्वास्थ्य नाश गर्दछ ।

सातुः हुँनत दुध र सातुको मिश्रणलाई धेरै लामो समयदेखि खाईदै आईएको छ । तर सातु र दुधको संयोगलाई आरोग्यबर्धक योग मानिएको छैन । सातुमा प्रशस्त मात्रामा प्रोटिन पाईने र दुधमा पनि उच्च मात्रामा प्रोटिन र चिल्लो पाईने हुँदा दुबैलाई एकसाथ खाँदा पचाउन गाह्रो हुने गर्दछ । सातु र दुधलाई एकसाथ खाँदा पेट दुख्ने, भूँडी हुडल्ने जस्ता समस्याहरू देखा पर्दछन्।

माछा, मासु अण्डाः दुध र मांशहार अत्यन्त विरूद्ध आहार हुन् । मांशहारी खानेकुरा र दुधको सेवन गर्ने गर्दा दुबै खानेकुरामा विद्यमान उच्च प्रोटिनको पाँचन ठिकसंग नहुँदा ज्यादा मात्रामा विजातिय पदार्थ बन्ने र पाचन सम्बन्धी समस्या देखा पर्ने गर्दछ । माछा, मासु, अण्डा आदिको सेवन पश्चात वा एकसाथ दुध पिउँदा फूड पोईजनिङ्ग हुने, पेट दुख्ने र शरीरमा दुबी आउने सम्भावना रहन्छ ।

फलफूल एवं सलादः आजकाल दुधसँग विभिन्न किसिमका फलफूलहरू मिलाएर बनाईएको मिल्कसेक वा स्मूदी बनाएर खाने चलन छ तर यो चलन स्वास्थ्यको दृष्टिले त्यति उपयूक्त होईन । कारण के छ भने फलफूल वा सलादहरूको प्रकृति चिसो हुन्छ भने दुधको प्रकृति तातो हुन्छ । यसरी विरूद्ध प्रकृतिको खानेकुराहरू खाँदा भोजनविरूद्ध हुनजान्छ र स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउँदछ । यस्तै दुधसंग अमिला वा अम्लीय प्रकृतिका खानेकुराहरू खाँदा दुध तुरून्तै फाट्दछ र विरूद्ध बन्न पुग्दछ ।

दालः कालो मासको दाल, गहत र मुङ्गसंग दुधको सेवन कहिल्यै गर्नु हुँदैन । दाल खाँदा दालमा विद्यमान प्रोटिन र दुधमा विद्यमान प्रोटिनको पाचन विधि फरक हुने हुँदा यसले हाम्रो पाँचन तन्त्रमा नकारात्मक असरहरू पैदा गराउँदछ र पेट खराव हुने गर्दछ ।

अमिला फलफूलः कागती, तित्री, स्ट्रबेरी, भूईकटहर, सून्तलाजस्ता अमिला प्रजातीका फलफूलहरूको सेवनसँग दुध सेवा गरे तुरून्त फाट्न गई विषाक्तता पैदा गर्दछ । फलतः रूघा, खोकी, एलर्जी, दम, वाकवाकी, वान्ता, अपच अजीर्णताजस्ता समस्याहरू पनि देखा पर्दछ ।

बेलः बेललाई पनि दुधको साथमा खानु हुँदैन । दुधसंग बेल खाने गर्दा बेलमा विद्यमान चोपले दुधको प्रोटिनलाई डीन्याचूरेट गर्ने गर्दछ र यो मिश्रणलाई विषाक्त बनाई दिन्छ ।

नौनी घ्यू वा मक्खनः हामी मध्ये धेरैले नाश्तामा अक्सर गरेर ब्रेड र बटरको साथमा दुध लिने गरेका हुन्छौँ । तर, यो बानी स्वास्थ्यको दृष्टिले त्यत्ति राम्रो होईन किनकी यसरी खाँदा दुबै भोजनमा विद्यमान उच्च प्रोटीन र चिल्लोका कारणले भोजन गरिष्ठ बन्न पुग्दछ । जसले पाचन क्रियालाई प्रभावित पार्न सक्दछ । चिकित्सकहरूको सल्लाह अनुसार पनि प्रोटीन, कार्बोहाइड्रेट र फ्याट ज्यादा मात्रामा एक साथ लिनु हुँदैन ।

कटहरः दुध पिएपछि वा दुधको साथ रूख कटहरको सेवन गर्नु हुँदैन । यसो गर्दा पाँचन प्रणालीमा त समस्या उत्पन्न गराउँदछ नै साथै मुटुरोग श्वास रोग, दाद, चिलाउने, एग्जिमा र अन्य छाँला सम्बन्धि विकार उत्पन्न गराउदँछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button