कला/साहित्य

अरबाज भन्छन् – मैले मलाइकामाथि कहल्यिै शंका गरिनँ

Thrill Factory
Rungta Group

बलिउड अभिनेता अरबाज खानले आफ्नी पूर्वपत्नि तथा अभिनेत्री मलाइका अरोरामाथि कहिल्यै शंकाको दृष्टि नराखेको बताएका छन् । सम्बन्धविच्छेदपछि मिडियालाई अन्तरवार्ता दिने क्रममा अरबाजले मलाइका र उनको सम्बन्धको बारेमा खुलासा गरेका हुन् ।

उनले भने, म र मलाइकाको विवाह प्रेमसम्बन्धमा रहेको ५ वर्षपछि भएको थियो । मैले प्रेमी वा पतिको रुपमा कहिल्यै पनि मलाइकामाथि शंकाको दृष्टिले हेरिनँ । मैले उनको काममाथि पनि कहिल्यै बन्देज लगाइनँ । उनी मलाई मन पर्ने र नपर्ने सबैकुरा जान्दथिन् ।

अरबाज र मलाइकाबीच जुनसुकै कारणले सम्बन्ध टुटेपनि एक अर्कालाई माया र सम्मान गर्ने बताउँछन् । अरबाज र मलाइका सम्बन्धविच्छेदपछि पनि चर्चामा रहने गर्छन् । पछिल्लो समय मलाइका बलिउडकै अभिनेता अर्जुन कपूरसँग प्रेम सम्बन्धमा छिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button