प्रदेशस्वास्थ्य/जिवनशैली

नारायणी वयोधा अस्पतालमा घुँडाको प्रत्यारोपण

वीरगञ्ज-वीरगञ्जस्तिथ नारायणी वयोधा अस्पतालमा घुँडा प्रत्यारोपणको सफल अप्रेसन भएको छ ।

एकजना ७० वर्षिय पुरुषको घुँडाको शल्यक्रिया भएको हो । भारत र नेपालका अन्य अस्पतालमा उपचार गराउँदा निको नभएर ह्विल चेयरको सहारा लिन बाध्य भएका उनको वयोधा अस्पतालका वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेसज्ञ डा.रंजनकुमार झाको टोलीले सल्यक्रिया गरेको हो।

अहिले उनी दुखाईबाट मुक्त भई सजिलै हिड्न सक्ने भएको अस्पताल प्रशासनले बताएको छ । यसअघि पनि नारायणी वयोधा अस्पतालमा घुँडा र हिप प्रत्यारोपणको ५० वटा भन्दा बढी सफल अप्रेसन भइसकेको छ ।

अस्पतालले हडी भाँचिएको, नशा च्यापिएको, गठिया , बाथ रोगको सफल अप्रेसन र उपचार गर्दै आएको अस्पताल प्रशासनको भनाइ छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button