स्वास्थ्य/जिवनशैली

हरियो धनियाँका फाइदै फाइदा

Thrill Factory
Rungta Group

धनियाँले खानाको स्वाद र बासना बढाउने काम गर्छ । धनियाँ स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । यसको दानादेखि पत्तासम्म विभिन्न रोगको उपचारका लागि प्रयोग गर्न सकिन्छ ।

हरियो धनियाँले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियाँलाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।

पेटमा रहेका कीटाणुलाई पनि हरियो धनियाँले मार्ने गर्छ । धनियाँ खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ ।

तपाईंलाई रुघाखोकीबाट ग्रसित हुनुहुन्छ भने धनियाँको रसमा मिश्री, बेसार र चूर्ण मिसाएर पिउनुहोस् ।

धनियाँको दाना चबाउँदा पनि चिसो लागेको र रुघाखोकीका लागि राम्रो हुन्छ । चियामा धनियाँको प्रयोग स्वास्थका लागि निकै फाइदाजनक मानिन्छ ।

पेटमा जुका, चुर्ना जस्ता केही संक्रमण छन् भने सख्खरमा धनियाँको पाउडर मिसाएर सेवन गर्नुहोस् तपाईंको नाकबाट रगत बग्ने समस्या छ भने धनियाँको रस नाकमा राख्नुहोस् तपाईंलाई चाँडै आराम मिल्छ ।

धनियाँ र सुप बराबर कुटेर मिश्री मिसाएर १ र १ चम्चा बिहान र बेलुका खाने गरेमा गर्मिले पेट पोल्ने रोग एक हप्तामा नै निको हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button