कला/साहित्य
‘तीजको रमझम’मा अनु र सीमा

काठमाडौं– अमेरिकामा रहेर पनि नेपाली गीत संगीतमा कलम चलाइरहेका गीतकार धर्मेन्द्र तिम्सिना ‘क्षितिज’को शब्दमा तीज गीत ‘तीजको रमझम’ सार्वजनिक भएको छ ।



सुरक्षा सेन्चुरीको स्वर रहेको यस गीतमा विकास चौधरीको संगीत रहेको छ । सार्वजनिक भिडियोमा अनु शाह र सीमा चौधरीको अभिनय रहेको छ ।



उषा मलाह सिम्रनको निर्देशन रहेको भिडियोमा कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन र वीरबहादुर थारुको सम्पादन छ ।


