कला/साहित्य

तीन देशमा अक्षयको ‘बेलबटम’लाई प्रतिबन्ध

Thrill Factory
Rungta Group

मुम्बई-बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘बेलबटम’ थिएटरमा रिलिज भइरहेको छ । यो फिल्मलाई दर्शकले निकै मनपराएका छन् । तर तीन देशले भने यो फिल्मको रिलिजमा प्रतिबन्ध लगाएका छन् ।

साउदी अरब, कुवेत र कतारका सेन्सर बोर्डले फिल्मको एक दृश्यमा आपत्ति जनाउदै प्रदर्शनमा प्रतिबन्ध लगाएको हो । सेन्सर बोर्ड अफ यूएईले फिल्ममा तीन देशको छवि खराब गर्ने प्रयास गरिएको दाबी गरेको छ ।

फिल्मले इतिहासलाई बंग्याएको आरोप उनीहरुको छ । यो फिल्म सन् ८० को दशकको एक सत्यघटनामा आधारित छ । फिल्म भारतको पहिलो सिक्रेट अपरेसन वरपर घुमेको छ ।

फिल्ममा प्लेनलाई अपहरण गरेर लाहौरबाट दुबई पुर्याइएको छ । त्यो बेला संयुक्त अरब इमिरेट्सको फोर्सले अपहरणकारीलाई पक्रेको थियो । त्यसपछि यूएईका रक्षामन्त्री मोहम्मद बिन राशिनले यो मामलामा हस्तक्षेप गरेका थिए । फिल्ममा यो सिक्रेट मिसनलाई भारतीय अधिकारीले पुरा गरेको देखाइएको छ ।

यही परिवर्तनका कारण तीनै देशका सेन्सर बोर्डले अक्षयको फिल्मलाई प्रतिबन्ध लगाएको अनुमान गरिएको छ । साउदी अरब, कुवेत र कतार जस्ता देशमा प्रतिबन्ध लागेपछि फिल्मको कमाईमा असर पर्ने व्यापार विश्लेषकहरुको बुझाई छ ।

फिल्ममा अक्षयसहित लारा दत्ता, वाणी कपूर, हुमा कुरैशी र आदिल हुसैनजस्ता कलाकारको अभिनय छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button