कला/साहित्य

२० वर्षपछि एकै फिल्ममा माधुरी र रेखा

Thrill Factory
Rungta Group

मुम्बई– बलिउडका प्रख्यात निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीले हालैमात्र बलिउडमा २५ वर्ष पुरा गरेका छन् । विगत दुई दशक यता भन्सालीले बलिउडमा निकै राम्रा फिल्म दिएका छन् ।

यी निर्देशक यतिबेला फिल्म ‘हीरामण्डी’को प्रोजेक्टमा छन् । जुन फिल्ममा बलिउडका दुई दिग्गज अभिनेत्री माधुरी दिक्षित र रेखा पनि अनुबन्धित भइसकेका छन् ।

रेखा र माधुरी पछिल्लो पटक सन् २००१ मा राजकुमार सन्तोषीको फिल्म ‘लज्जा’मा देखिएका थिए । उनीहरुले भन्सालीको फिल्ममा झण्डै २० वर्ष पछि सहकार्य गर्न लागेका हुन् । फिल्ममा सोनाक्षी सिन्हा र हुमा कुरैशीको पनि अभिनय रहनेछ ।

सञ्जय हाल फिल्म ‘गंगूबाई काठियावाडी’मा व्यस्त छन् । फिल्ममा आलिया भट्टसँगै अजय देवगनको पनि अभिनय छ । यसबाहेक उनको फिल्म ‘बैजूबावरा’ पनि लाइनअपमा छ । जसमा रणवीर कपूरले प्रमुख भूमिकामा अभिनय गर्दैछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button