कला/साहित्य

‘बोल्ड सिन’ दिएकी राधिका आप्टेलाई बहिस्कार गर्न ट्वीटरमा अभियान

Thrill Factory
Rungta Group

बलिउड अभिनेत्री राधिका आप्टे फिल्म उद्योगमा प्रायः ‘बोल्ड’ फोटो, भिडियोको कारण चर्चामा छिन् । उनले बोल्ड सिन मात्र होइन भूमिका पनि फरक–फरक निभाउने गर्छिन् ।

उनले ‘अंधाधुन’, ‘पाच्र्ड’, ‘पैडमैन’, ‘मांझीः द माउंटेन मैन’, ‘बदलापुर’, ‘सेक्रेड गेम्स’ जस्ता चर्चित फिल्ममा काम गरिसकेकी छन् । जसमा उनको भूमिका दमदार रहेको थियो ।

फिल्ममा दमदार अभिनय गरेकी राधिकालाई पछिल्लो समय भने राज कुन्द्राको पोनोग्राफी प्रकरणमा समेत जोडेर चर्चा गर्न थालिएको छ । उनलाई अश्लीलता फैलाएको आरोपमा ट्विटरमा बहिस्कार अभियान थालिएको छ ।

शुक्रबार ट्विटरमा राधिका आप्टेलाई ‘बायकट’ गर्नुपर्ने माग गरिएको छ । जसमा करिब २४ हजारले राधिकालाई ट्विटरमा ‘३द्ययथअयततच्बमजष्पबब्उतभु मा ट्वीट​ गरिसकेका छन् ।

सुरुमा एक ट्विटर प्रयोगकर्ताले बोल्ड सीन सेयर गर्दै ‘यी अभिनेत्रीको फिल्म र फोटो यति धेरै बोल्ड छ कि कतै पनि सेयर गर्न सकिदैन । यसले अश्लीलता फैलाउँछ । देशका लागि यसलाई बायकट गर्नुस् ।’ त्यसमा नै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यो भारतीय संस्कारको विरुद्ध हो । यसलाई बायकट गर्नुस् ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button