प्रदेशस्वास्थ्य/जिवनशैली

वीरगञ्जमा शुरू भयो पर्सा हेल्थ क्लिनिक, विपन्न बिरामीलाई निःशुल्क सेवा

Thrill Factory
Rungta Group

वीरगञ्ज- वीरगञ्जमा पर्सा हेल्थ क्लिनिक सञ्चालनमा आएको छ । सर्वसुलभ र विश्वसनीय सेवा दिने उद्देश्यले शुक्रबारदेखि क्लिनिकले सेवा शुरू गरेको हो ।

गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने अभिप्रायले क्लिनिक सञ्चालनमा ल्याएको वीरगञ्जका सञ्चारकर्मीसमेत पर्सा हेल्थ क्लिनिक प्रालिका सञ्चालक आशुकुमार सर्राफले जानकारी दिए ।

सञ्चालक सर्राफका मातापिता मनोरमा सर्राफ र रामकुमार सर्राफले सो क्लिनिकको उद्घाटन गरेका हुन् । क्लिनिक वीरगञ्जको एडभान्स हस्पिटलको अगाडिबाट बिर्ता जाने बाटोमा बायाँतर्फ क्लिनिक खुलेको छ ।

पछिल्लो समयमा स्वास्थ्यजस्तो संवेदनशील सेवालाई केवल व्यापार बनाउने प्रवृत्ति देखिएकाले सुलभ र गुणस्तरीय सेवा दिने अभिप्रायले क्लिनिक सञ्चालन गरिएको सञ्चालक सर्राफले बताए ।

क्लिनिकमा गरीब, विपन्न बिरामीहरूको उपचारमा अवस्थाअनुसार निःशूल्क र विशेष छुट प्रदान गरिने पनि उनले बताए । ‘तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता’ भन्ने ध्येयलाई मूल उद्देश्य बनाइएको क्लिनिक व्यवस्थापनले बताएको छ ।

रगत, दिशा, पिसावलगायतको परीक्षण गरिने सञ्चालक सर्राफले जानकारी दिए । छाती, रक्तचाप, दम, थाईराईड, मधुमेह, पेट र मिर्गौलालगायतमा हुने स्वास्थ्य समस्याको परीक्षण र औषधी एकै ठाउँबाट उपलब्ध गराउने सर्राफको भनाइ छ ।

वीरगञ्जका वरिष्ठ र अनुभवी चिकित्सकहरुबाट स्वास्थ्य परीक्षणको सेवा पनि क्लिनिकले दिने भएको छ । वरिष्ठ फिजिसियन डा. सरोज रोशन दासले क्लिनिकमा सेवा दिने जनाइएको छ । आवश्यकतअनुसार चिकित्सकहरूमार्फत अन्य चिकित्सा सेवा प्रदान गरिने योजना पनि क्लिनिकको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button