कला/साहित्य

गाईजात्रामा दमन र उत्सवको ‘छताछुल्ल’

काठमाडौ- हास्य कलाकार दमन रुपाखती र उत्सव केसीको लेखन र निर्देशनमा गाईजात्रा ‘छताछुल्ल’ सार्वजनिक भएको छ । जसमा राजनीतिक र सामाजिक विकृतिलाई हास्यव्यंग्यमार्फत छताछुल्ल पारिएको छ ।

‘छताछुल्ल’मा कलाकारहरु सुभाष गजुरेल, दमन रुपाखेती, कमलकान्त मैनाली, लक्ष्मणविक्रम बस्नेत, संगम भण्डारी, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, लक्ष्मीनाथ तिमिल्सिना, सुरेश तिमल्सिना ‘नक्कली ओली’, शोभा भण्डारी, दीपक सापकोटा, मनिता डंगोल, सन्देश राउत, आयुस्मा पान्डे र उत्सव केसीले अभिनय गरेका छन् ।

उत्तम केसी तथा दुर्गा केसी निर्माता रहेको ‘छताछुल्ल’मा सह–निर्माता सुमन फुयाँल, व्यवस्थापक राजु फुयाल, क्यामरामा ज्ञानकुमार कट्टेल र सम्पादन प्रेम शर्मा पौडेलको रहेको छ ।

कोचे मिडियामा पोष्ट प्रोडक्सन गरिएको भिडियोमा एउटा दोहोरी गीतको प्यारोडी हास्य कलाकार घनश्याम गौतमले लेखेका हुन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button