स्वास्थ्य/जिवनशैली

शरीरमा रोग लागेका यी संकेत, नगरौं हेलचक्र्याईं

Thrill Factory
Rungta Group

स्वस्थ जीवनशैली अपनाउँदा अपनाउँदै पनि कहिले काहीँ हामीलाई विभिन्न किसिमका रोगहरूको सङ्क्रमण हुन सक्छ । कतिपय रोगहरू चिकित्सक कहाँ गएर परीक्षण गरेपछि थाहा पाइन्छ, भने कतिपय रोगहरू आफ्नै शरीरका अङ्गहरूमा आएको परिवर्तनले नै सङ्केत गरहेको हुन्छ ।

यदि हामीले आफ्नो शरीरमा आएको परिवर्तनहरूलाई राम्ररी ध्यान दियौँ भने कहिले काहीँ सम्भावित ठुलो रोग लाग्नबाट बच्न पनि सकिन्छ ।

खुट्टा सुन्निन थालेमा

खुट्टा झुन्डाएर बस्दा खुट्टा सुन्निने र दुख्ने समस्या पनि हुन सक्छ रु यदि तपाईँको खुट्टाको नसाहरू गुजुल्टो परेको छ भने पनि खुट्टा सुन्निने र दुख्ने गर्छ ।

यदि खुट्टा सुन्निने समस्या भएको छ भने सम्भवतः एडिमाको समस्या पनि भएको हुनसक्छ । यस्तो हुनुमा मुटु र उच्च रक्तचापको समस्या पनि भएको हुनसक्छ । यस्तो अवस्थामा नियमित रूपमा रक्तचाप परीक्षण गर्नु राम्रो हुन्छ ।

खुट्टा सुन्निनुको अर्को कारणमा मेरुदण्डको समस्याले पनि हुनसक्छ । मेरुदण्डको नसा च्यापिएको अवस्थामा पनि खुट्टा सुन्निने समस्या हुने गर्छ ।

खुट्टा सुन्निनुको अर्को कारणमा तौल बढ्नु, धेरै समय उभिएर बस्नु, अनुहार र आँखा सुन्निने समस्याको कारणले पनि खुट्टा सुन्निने समस्या भएको हुन्छ । यस्तो अवस्था देखिएमा चिकित्सकको परीक्षणमा जानु राम्रो हुन्छ ।

अचानक तौल बढ्नु

तौल बढ्नुलाई स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिँदैन । शरीरको तौल अचानक बढ्ने घट्ने भएमा त्यो स्वास्थ्यको दृष्टिकोणले चिन्ताको विषय पनि हुनसक्छ ।

शरीरको तौलमा अचानक परिवर्तन आउन थालेमा यसले थाइरायडको समस्या भएको तर्फ पनि सङ्केत गरेको हुनसक्छ ।

शरीरमा हार्मोनमा आएको परिवर्तनको कारणले पनि शरीरको तौलमा अचानक परिवर्तन आइरहेको हुनसक्छ । महिलाहरूमा हुने महिनावारीको समयमा तौल तलमाथि भएमा चिकित्सकको परामर्शमा जानु राम्रो हुन्छ ।
शरीरको तौल घट्दै जानुमा निन्द्रासँग सम्बन्धित समस्याले पनि हुनसक्छ । यदि तपाई राम्ररी निदाउन सक्नु भएन भने पनि तपाईँको तौल घट्दै जान्छ ।

गिजाको समस्या

स्वस्थ गिजा हलुका गुलाबी रङ्गको हुने गर्छ । यदि गिजा रातो, कालो, पहेँलो भएको खण्डमा तपाईँले आफ्नो स्वास्थ्यमा कुनै किसिमको समस्या आएको सङ्केत मान्नु पर्छ ।

यदि गिजाको रङ्ग कालो भयो भने कतै तपाईँले सेवन गरेको औषधिले साइड इफेक्ट गरेको कारणले पनि हुनसक्छ ।

चोट लागेको दाग

शरीरको कुनै पनि भागमा चोट लागेको दाग देखिएमा तपाईँले आफूलाई कुनै किसिमको स्वास्थ्य समस्या भएको ठाने हुन्छ । यस्तो किसिमको दाग हाम्रो शरीरलाई चाहिने पर्याप्त पोषण तत्त्व नपाएको कारणले भएको हुनसक्छ ।

शरीरले आफूलाई चाहिने प्लेटलेटको उत्पादन गर्न सकेन भने पनि शरीरका विभिन्न भागमा चोट लागेको जस्तो दागहरू देखिन थाल्छ ।

शरीरमा चोट लागेको जस्तो दाग देखिनुको अर्को कारणमा शरीरमा भिटामिन सिको कमीको कारणले पनि भएको हुनसक्छ । यस्तो अवस्थामा शरीरको मेटाबोलिजम प्रभावित भएको कारणले पनि शरीरमा दाग देखिन थाल्छ ।

जिब्रोको रङ्ग

प्रायजसो चिकित्सकहरूले पनि तपाईँलाई स्वास्थ्य परीक्षण गर्दा जिब्रो देखाउन आग्रह गर्ने गर्नुहुन्छ । चिकित्सकहरूले पनि जिब्रोको रङ्ग र त्यसमा आएको परिवर्तनबाट रोगहरूको पहिचान गर्ने भएको कारणले जिब्रो देखाउन भनिएको हो ।

यदि जिब्रोमा सेतो दाग देखिन थालेको छ भने तपाईँलाई पाचन सम्बन्धी कुनै किसिमको समस्या भएको हुनसक्छ ।

यदि जिब्रोको रङ्ग पहेँलो र स्वाद तितो लागि रहेको छ भने तपाईँलाई सम्भवतः गलब्लाडर वा कलेजोको समस्या भएको हुनसक्छ ।

यदि जिब्रोको रङ्ग सेतो र खैरो किसिमको भएको खण्डमा तपाईँलाई शरीरमा पर्याप्त पानी नपुगेको हुनसक्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button