एक वर्षमा १३ हजारले लिए नागरिकता

झापा -झापा जिल्ला प्रशासन कार्यालय झापाबाट आर्थिक वर्ष २०७७/७८ मा १३ हजारभन्दा बढीले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् ।
तीमध्ये वंशजका आधारमा १२ हजार ८४३ जना र वैवाहिक अंगीकृतका आधारमा १८२ जनालाई नागरिकता प्रदान गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।


सोही अवधिमा छ हजार १८८ जनालाई राहदानी वितरण, ८६ अेटा संघसंस्था दर्ता, १६५ जना नाबालकको परिचयपत्र जारी र दुईओटा पत्रपत्रिका दर्ता गरिएको प्रशासन कार्यालयले जानकारी दिएको छ ।
उक्त एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालय झापामा विभिन्न १० प्रकारका २५२ मुद्दा दर्ता भएकोमा दुईतिहाइभन्दा बढी २२४ ओटा मुद्दा अभद्र व्यवहारसम्बन्धी रहेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले सोही आर्थिक वर्षमा राहदानी शुल्क, प्रशासनिक दण्ड जरिवाना, सेवा शुल्क, हातहतियार नवीकरण शुल्क र परीक्षा दस्तुरवापत रू. तीन करोड ४९ लाख ५५ हजार २५० राजस्व संकलन गरेको छ ।