कला/साहित्य

अभिनयसँगै गायनमा चम्किएका कलाकार

Thrill Factory
Rungta Group

कुनै फिल्ममा गीत राम्रो छ भने त्यो फिल्म हिट हुने सम्भावना बढी हुन्छ । अझ त्यो फिल्ममा अभिनय गर्ने कलाकारले गीत गाएको हो भने त यसको सफलताको सम्भावना दुई गुणा बढी हुन्छ ।

बलिउडमा यस्ता कैयौं कलाकार छन्, जसको अभिनयसँगै आवाज पनि राम्रो छ । यहीकारण केही फिल्ममा यी कलाकारले आफ्नो गीत आफैं गाएका छन् । किशोर कुमार, सुलक्षणा पण्डित जस्ता कैयौं स्टार यस्ता छन्, जो आफ्ना लागि मात्र नभई दोस्रो व्यक्तिका लागि पनि गीत गाए ।

बलिउडमा आमिर खान, सलमान खान र अक्षय कुमारले आफ्नो फिल्मका लागि गीत गाइसकेका छन् । यसबाहेक अन्य स्टारले पनि यो शैलीलाई अपनाएका छन् ।

बलिउडकी ‘क्यूट गर्ल’ आलिया भट्ट कुशल अभिनयसँगै राम्रो गीत पनि गाउछिन् । उनले ‘मेन तेन्नु समझौता’को फिमेल भर्सन आफैंले गाएकी छन् र यही गीतबाट उनको स्वरलाई दर्शकले मनपराएका छन् । यसपछि उनले फिल्म ‘हाइवे’ र ‘उडता पञ्जाब’मा पनि आफ्नो स्वर दिइन् ।

अभिनेता अनिल कपूरले फिल्म ‘चमेली की शादी’मा गीत गाएका छन् । उनले फिल्म ‘हमरा दिल आपके पास है’मा पनि हेमा सरदेसाई र सोनाली बेन्द्रेका साथ मिलेर गाएका छन् । उनको स्वरलाई पनि दर्शकले निकै मनपराएका छन् ।

अभिनेता फरहान अख्तरलाई बलिउडको प्रतिभावान कलाकार मानिन्छ । उनी फिल्म निर्माणदेखि लिएर अभिनय र गायनमा उत्तिकै पोख्त छन् । फिल्म ‘रक अन’मा उनको स्वर नसुन्ने सायद कमै होलान् । यो फिल्मको सफलता पछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । उनले यो बाहेक अन्य फिल्ममा पनि स्वर दिइसकेका छन् ।

बलिउडकी ‘देसी गर्ल’ प्रियंका चोपडाले बलिउडमा मा होइन्, अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो गायन कला देखाइसकेकी छन् । उनले पिटबुल जस्तो शीर्ष अन्तर्राष्ट्रिय गायकहरुसँग काम गरिसकेकी छन् । उनले पिटसँग तीन पप गीत गाइन् । उनको नयाँ गीत ‘मै तुम्हें प्यार नहीं कर सकता’ हो । जबकी यसअघि उनले फिल्म ‘मेरी कोम’का अलावा ‘दिल धड्कने दो’को शीर्ष गीतमा स्वर दिइसकेकी छन् ।

अभिनेत्री श्रद्धा कपूरले फिल्म ‘एक भिलेन’मा गीत गाएका थिए र यो गीत निकै हिट साबित भएको थियो । ‘तेरी गलियाँ’मा महिला स्वर श्रद्धाकै थियो । यो फिल्मपछि उनले ‘रक अन २’मा आफ्ना सबै गीत आफैं गाइन् । उनको स्वरलाई धेरैले मनपराएका छन् ।

बलिउड अभिनेता र अभिनेत्रीहरुको पाश्र्व गायक क्लबका अभिनेत्री सोनाक्षी सिन्हाको पनि प्रवेश भएको छ । उनले फिल्म ‘तेवर’बाट गायन यात्रा सुरु गरिन् । जीन्यूज/खबरहब

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button