कला/साहित्य

यसकुमार र मिलनको ‘मन बदलियो…’

Thrill Factory
Rungta Group

काठमाडौं-गायक यस कुमार र गायिका सपनाश्रीले २० वर्ष अघि गाएको गीत ‘तिम्रो मन बदलिएछ’ नयाँ स्वरुपमा श्रोता तथा दर्शकमाझ आएको छ । नयाँ स्वरुपको गीतमा यसकुमारलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन् । गीतमा यसकै शब्द र संगीत छ ।

गीतमा देवेश राईको एरेञ्ज, साजन शाहको मिक्सिङ छ । गीतको भिडियोमा सागर लम्साल, प्रिज्मा–प्रिन्सी खतिवडा फिचर्ड छन् । भिडियोमा आकाश कार्की, जीवन नेपाल र रेशम बुढाथोकीको पनि अभिनय छ ।

गायक यसकुमारले प्रेमी प्रेमिकाका जीवनसँग मेल खाने गीतले फेरि पहिले झैं माया पाउने विश्वास व्यक्त गरे ।  अभिनेता सागरले आफूले सानो उमेरदेखि नै सुन्दै आएको गीतलाई भिडियो बनाउन गरेको प्रस्ताव स्वीकार गरेकोमा यसकुमारप्रति आभार व्यक्त गरे ।

अभिनेत्रीद्वय प्रिन्सी र प्रिज्माले बच्चादेखि सुन्दै आएको गीतमा अभिनय गर्न पाउनु सपना पूरा भए झैं लागेको बताए ।  निर्देशक निकेश खड्काले आफूले कलेज पढ्दाताका धेरै सुनेको यो गीतलाई आफैले एक्सन–कट गर्न पाउनु चुनौतीसँगै अवसर पनि भएको दाबी गरे ।

भिडियोमा बुद्ध थापा र उनको समूहको छायांकन, विकास धमलाको सम्पादन र रंग संयोजन, सरोज कुँवरको प्रोडक्सन र निकेश खड्काको कथा तथा निर्देशन छ ।
भिडियोका निर्माताहरु भीमादेवी क्षेत्री र सचित लम्साल केसी हुन् । भिडियो बले इन्टरटेनेमन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button